News Portal

कोरोना नियन्त्रण तथा उपचारमा पुर्वमन्त्री बस्नेतले गरे रकमान्तर

७७४ पटक

प्रतिनीधि सभा सदस्य तथा पुर्बमन्त्री शक्तिबहादुर बस्नेतले कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि रकमान्तर गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत निर्देशक समितिले बिनियोजन गरेको बजेटलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न साँसद बस्नेतले रकमान्तर गरेका हुन् ।

जिल्लामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अक्सिजन, कन्सन्ट्रेटर र सिलिण्डरसंगै अन्य आबश्यक औषधी तथा उपकरण खरिद गर्न गत मंसिर १५ गते बसेको निर्देशक समितिको बैठकले बिनियोजन गरेको ४ करोड बजेटबाट १८ लाख रकमान्तर गरेको साँसद बस्नेतका स्वकीय सचिब देबराज बोहराले जानकारी दिएका छन् ।

रकमान्तर गरिएको बजेटलाई कार्यान्वयन गर्ने जिम्मेवारीसंगै निकासा भेरी नगरपालिकालाई दिईएको छ स्वकीय सचिब बोहराले भने–‘जिल्ला अस्पताललाई दिदा समग्र जिल्लालाई सम्बोधन हन्थ्यो तर, हाल अस्पताल विकास समिति नभएको अबस्थामा पेश्की लिएर सामाग्री खरिद गर्न नमिल्ने, टेण्डर आवान गर्नु पर्ने र टेण्डर प्रक्रियालाई अगाडी बढाउदा महिनौं दिनको समय लाग्ने भएको हुदा बजेट कार्यान्वयनलाई सुलभ बनाउन भेरी नगरपालिकालाई जिम्मेवारी दिईएको छ ।’

भेरी नगरपालिकाको नाममा दिएको १८ लाख निकासालाई दुई चरणमा खर्च गर्नु पर्ने कानुनी ब्यबस्था रहेको जानकारी दिदै बोहराले पहिलो चरणमा झण्डै १२ लाखमा ४० वटा कन्सन्ट्रेटर सहितका अक्सिजन सिलिण्डर नगरपालिकाले खरिद गर्ने बताए । दोस्रो चरणमा ६ लाखको औषधी, परिक्षण किट, बेड लगाएतका सामाग्रीहरु खरिद गरिने बोहराको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्