Hamro Sanchar

पाँचताराको आयोजनामा स्वर्गीय रविन्द्र शाहको सातौं स्मृति सभा

प्रकाशित : २०८०/१२/१५ गते

जाजरकोट
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्वर्गीय रविन्द्र शमशेर शाहको सातौं स्मृति सभा गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले विहिबार स्वर्गीय शाहको सातौं स्मृति सभा गरेको हो ।

मञ्चका तत्कालिन अध्यक्ष शाहको हत्या भएको सात बर्ष पुगेको दिन आज चैत १५ गते पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्मृति सभाको आयोजना गरेको थियो । स्मृति सभा मार्फत स्वर्गीय शाहको स्मरण गर्नुको साथै शाहले मञ्चको संस्थागत विकासमा गरेको योगदान प्रतिको सम्मान गर्न स्मृति सभाको आयोजना गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कावा अध्यक्ष अशा कार्कीले भनाई राखेकी थिईन ।

उक्त स्मृति सभामा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, बारेकोट गाउँपालिकाका पूर्वअध्यक्ष महेन्द्र बहादुर शाहले स्वर्गीय शाहप्रति स्मरण गर्दै महत्वपूर्ण भनाई राखेका थिए । स्वर्गीय शाहका बुवा योग शमशेर शाह, दाजु राम जंग शाह, पाँचतारा युवा संरक्षक मञ्चका सचिव रामचन्द्र ज्योति, कार्यसमितिका सदस्य तथा संस्थापक सदस्य र मञ्चमा कार्यरत कर्मचारीहरुले शाहको फोटा र सालिकमा अविर, माला, पुष्प चढाएर सम्मान गरेका थिए ।

२०७३ सालको चैत १५ गते अज्ञात व्यक्तिहरुको समुहद्धारा हत्या गरिएका शाहको घटना स्थलमा आज वेलुका वत्ति बालेर सम्मान गर्ने कार्यक्रम रहेको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्