Hamro Sanchar

नेकपा एमाले जाजरकोटले सार्वजनिक ग¥यो सातौ जिल्ला अधिवेशनको लोगो

प्रकाशित : २०८०/१२/२० गते

जाजरकोट
नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख नर बहादुर बस्नेत (एनबी) ले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेका थिए । कला, संस्कृति र सम्पदाले सम्पन्न जाजरकोट जिल्लाको परिचयलाई झल्काउने जगतिपुरको ऐतिहासिक बायुघट्ट, ऐतिहासिक जाजरकोट दरबार, शिवालय मन्दीर, जाजरकोट जिल्लाका उत्तरी भागमा बास स्थान भएको विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी लगाएतका वन्यजन्तु, जाजरकोट जिल्लामा पाईने विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरु, राष्ट्रिय फुल लालिगुराँस, बहुमल्य जडिवुटी लगाएतका वनस्पतिहरुलाई सातौं जिल्ला अधिवेशनको लोगोमा समावेश गरिएको विभाग प्रमुख एनबी बस्नेतले जानकारी दिए ।

सार्वजनिक गरिएको सातौं जिल्ला अधिवेशनको लोगोले नेकपा एमाले राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितमा महत्वपूर्ण योगदान गर्ने पार्टीका रुपमा परिचित गरेको प्रचार विभाग प्रमुख बस्नेतले भनाई राखेका थिए । यही चैत २५ गतेदेखि २७ गतेसम्म जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको सातौं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा वलीले गर्ने तयारी गरिएको बस्नेतले बताए ।

सातौं जिल्ला अधिवेशनलाई सफल बनाउन अहिले जिल्ला अधिवेशन प्रतिनीधि छनौट गर्ने काम भईरहेको नेता बस्नेतले बताए । वडालाई केन्द्र बनाएर ३५ जना सदस्य बराबर एक जना अधिवेशन प्रतिनीधि छनौट गर्ने, ५१ प्रतिसत सदस्य बराबर २ जना प्रतिनीधि छनौट गर्ने, ७५ प्रतिसत सदस्य बराबर ३ जना प्रतिनीधि छनौट गर्ने विधि निर्माण गरिएको बताउदै नेता बस्नेतले ३३ प्रतिशत महिला प्रतिनीधि अनिवार्य गरिएको बताए । समावेशी तर्फ पालिकालाई केन्द्र बनाएर २५ जना सदस्य बराबर १ जना दलित प्रतिनीधि, २० जना सदस्य बराबर १ जना जनजाति प्रतिनीधि छनौट गर्ने प्रावधान राखिएको बस्नेतले जानकारी दिए ।

नेकपा एमालेका जाजरकोट जिल्लामा १८ वटा जनवर्गिय संगठन रहेको जानकारी दिदै नेता बस्नेतले जनवर्गिय संगठनबाट प्रतिनीधि छनौटको केन्द्र जिल्लालाई बनाएको बताए । त्यसैगरी नेकपा एमाले जाजरकोटले राष्ट्र सेवक कर्मचारी र शिक्षकहरुलाई पेशागत संगठनमा आबद्ध गरेको जानकारी दिदै नेता बस्नेतले पेशागत संगठनबाट पनि जिल्ला अधिवेशन प्रतिनीधि छनौटको कोटा निर्धारण गरिएको बताए ।

आगामी सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पदमा बहालवाला अध्यक्ष खिम बहादुर शाही र युवा नेता नरेन्द कुमार शाहीले दावी गरेको बुभिएको छ । सुदृढ पार्टी निर्माणको लागि अध्यक्ष पदमा निर्वाचन नभएर सर्वसहमतिबाट चयन गर्नुपर्ने नेकपा एमाले जाजरकोटले बताएको छ ।

कर्णाली प्रदेशका पूर्वउपाध्यक्ष तथा सम्पन्न प्रदेश अधिवेशनमा उपध्यक्ष पदका प्रत्यसी लाल बहादुर महताराले जिल्ला अध्यक्ष पदमा मनसाय राखेमा सर्वसहमत हुन सक्ने बताईएको छ । महतरा सम्बन्धित वडाबाट जिल्ला अधिवेशन प्रतिनीधि छनौट भएर आएको एमाले स्रोतले बताएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्