Hamro Sanchar

नेकपा (माओवादी) ले सम्पन्न गर्यो सात नम्बर व्युरोको प्रशिक्षण

प्रकाशित : २०८०/१२/२१ गते

जाजरकोट
नवगठित नेकपा (माओवादी ले सात नम्बर व्युरोको प्रशिक्षण सम्पन्न गरेको छ । बाँकेको कोहलपुरमा नवगठित नेकपा (माओवादी) ले सात नम्बर व्युरोको राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न गरेको हो ।

नवगठित नेकपा (माओवादी) ले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाहरु मिलाएर सात नम्बर व्युरो बनाईएको केन्द्रिय कार्यालय सचिब तथा सात नम्बर व्युरो ईन्चार्ज समीरले जानकारी दिएका छन् । प्रशिक्षण कार्यक्रममा व्युरो ईन्चार्ज समिरले सैद्धान्तिक, राजनीतिक तथा पार्टीको आगामी रणनीतिको विषयमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

व्युरो ईन्चार्ज समिर प्रमुख अतिथि रहेको प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रिय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी प्रमोदले गरेका थिए भने, कार्यक्रम संचालन केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी हिमालले गरेका थिए । केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला सेक्रेटरी सपनाले स्वागत मनतब्य राखेकी थिइन् ।


Tagged
प्रतिकृया दिनुहोस्