Hamro Sanchar

नेकपा एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशन सुरु

प्रकाशित : २०८०/१२/२५ गते

अध्यक्ष पदमा तीन शाहीको प्रतिष्पर्दा हुदै
जाजरकोट
नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएका छ । सुरु भएको अधिवेशनमा अध्यक्ष पदको लागी तीन शाहीले दावी गरेका छन् । पार्टी विधानले गरेको व्यवस्था अनुसार जिल्लाको सातौं अधिवेशनको आयोजना गरिएको नेकपा एमाले जाजरकोटले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगाको माथिल्लो थाप्लेमा रहेको रिद्धिसिद्धि होटलको सभाहलमा आयोजना गरिएको सातौं जिल्ला अधिवेशन तीन दिनसम्म संचालन हुने एमाले स्रोतले जनाएको छ । जिल्लाका विभिन्न भुगोल र कलष्टरबाट गरी ४०१ जना छनौट भएका र २० जना मनोनित गरी जम्मा ४२१ जना प्रतिनीधिहरुले उक्त जिल्ला अधिवेशनमा भाग लिएको अधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।

पानसमा बत्ति बालेर पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञवालीले सातौं जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशन भव्य सफलताको शुभकामना दिदै उपमहासचिव ज्ञवालीले पाँचौं महाधिवेशनबाटै नेकपा एमालेले लोकतान्त्रिक पद्धतिको सार्वजनिक बहसको सुरुवात गरेको भनाई राखेका थिए । राजनीतिक पार्टी सार्वजनिक सम्पदा भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले नेकपा एमालेले पार्टीको आन्तरिक जीवनमा मात्र नभएर पाँचौं महाधिवेशनबाट सार्वजनिक बहस सुरु गरेको बताए । जनताको बहुदलिय जनवादका मुलभुत सिद्धान्त र विशेषताका विषयमा नेकपा एमालेले सुरु गरेको सार्वजनिक बहसले हाल नेपालमा अबलम्बन गरिएको लोकतान्त्रिक पद्धतिलाई मार्गदर्शन गरेको उनले बताएका थिए ।

सातौं जिल्ला अधिवेशनले विगतमा गरिएका पार्टी कामको समिक्षा गर्नुको साथै पार्टीको आगामी कार्ययोजना निर्माणमा केन्द्रित हुनुपर्नेमा उपमहासचिव ज्ञवालीले जोड दिएका थिए । पार्टीको आगामी कार्ययोजनालाई कार्यान्वयन गर्नसक्ने सक्षम तथा कुशल नेतृत्व चयन गर्न जिल्ला अधिवेशन सफल हुनुपर्ने ज्ञवालीले भनाई राखेका थिए । कुनै पनि तहको संगठनको जिम्मेवारी लिनलाई विचार, राजनीति, संगठन र कार्यशैलीप्रति स्पष्ट हुनुपर्ने बताउदै उपमहासचिव ज्ञवालीले पार्टी संगठनको जिम्मेवारी लिनका लागि न्युनतम तीन दिने नेतृत्व प्रशिक्षण लिनुको साथै प्रशिक्षण परीक्षामा पास भएको सटिफिकेट प्राप्त गरेको व्यक्तिले मात्र जिम्मेवारी लिन पाउने व्यवस्था गरिने भनाई राखेका थिए ।

अधिवेशन उद्घाटन समारोहमा पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, पार्टी पोलिट व्युरो सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, पार्टी पोलिट व्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष गुलाव जंग शाह, केन्द्रिय सदस्य निरज आचार्य, डम्बर बहादुर सिंह, चन्द्र प्रकास घर्ती, संविधान सभा सदस्य रिता रावल, पुर्व प्रदेश साँसद करवीर शाही, कौशिला खत्री शाही, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्य, पार्टी जिल्ला नेता लाल बहादुर महतारा, वीर बहादुर गिरी लगाएतका नेताहरुले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको वन्द सत्र सोमबारदेखि संचालन हुने नेकपा एमाले जाजरकोटले जनाएको छ । २७ गतेसम्म संचालन हुने जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पदमा बहालवाल अध्यक्ष खिम बहादुर शाही, युवा नेता नरेन्द्र शाही, युवा नेता गंग बहादुर शाहीले दावी गरेका बुभिएको छ । त्यसैगरी उपाध्यक्ष पदमा मोति वली लगाएतका नेताहरुको दावी रहेको बुझिएको छ । सचिव पदमा गोपाल नेपाली र नर बहादुर बस्नेत (एनबी) ले दावी गरेको बुभिएको छ । उपसचिव समावेशि महिला पदमा सुनिता बोहोरा र मेनुका भण्डारीले दावी गरेको बुझिएको छ । उपसचिव खुल्ला पदमा रामचन्द्र घर्ती, विश्व विक्रम शाह, भक्त बहादुर बस्नेत लगाएतका नेताहरुले दावी गरेको बुझिएको छ ।

सदृढ नव एमाले पार्टी निर्माण आबश्यकताले माग गरेको भुमिका र जिम्मेवारीलाई समालेर आफु अगाडी बढ्न तयार रहेको प्रेम बहादुर सिंह, भरत शर्मा लगाएतका युवा नेताहरुको भनाई राखेका छन् ।

 

 


Tagged
प्रतिकृया दिनुहोस्