Hamro Sanchar

पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा

प्रकाशित : २०८०/१२/२६ गते

जाजरकोट
नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनको प्रक्रियामा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ ।

अध्यक्ष पदका लागि बहालवाला अध्यक्ष खिम बहादुर शाही र युवा नेता नरेन्द्र शाहीले मनोनयन दर्ता गरेको निर्वाचन समितिको सचिवालयले जनाएको छ । नरेन्द्र शाही र खिम बहादुर शाहीले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । सुदृढ पार्टी एकताको अभिलास बोकेर जिल्ला अधिवेशनमा सहभागी भएका प्रतिनीधिहरु चुनाव हुने भएपछि विभाजित हुने भएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा मोति वली र विश्व विक्रम शाहले मनोनयन दर्ता गरेका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार सचिव पदमा गोपाल नेपाली र नर बहादुर बस्नेत (एनबी) ले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपसचिव पदमा सुनिता बोहोरा र हरिकला जैसीले उम्मेदवारी दर्ता गरेकी छन् । त्यसैगरी खुल्ला उपसचिव पदमा तप्त बहादुर हमाल र भक्त बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सुल्ला ९ सदस्य, भुगोलका ३७ सदस्य, महिला, दलित, जनजाति गरी विभिन्न कलष्टरबाट ११ सदस्य र युवा ११ सदस्य पदमा आ–आफ्नो टीमबाट प्रतिष्पर्दा गर्ने गरी उम्मेदारी दर्ता गरेका छन् ।

सहमति जुट्न नसकेपछि नेकपा एमाले जाजरकोटको नेतृत्व छनौटको प्रक्रियामा चुनावी सरगर्मी बढेको छ । जिल्ला सदरमुकाम खलंगाका होटल पसल र विभिन्न व्यक्तिका डेराहरुमा चुनावी माहोल बनाउन विभिन्न रणनीतिहरु निर्माण भई रहेको बुझिएको छ । मंगलबार दिउसो मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जानकारी दिएको छ । जिल्लाको नेतृत्व छनौटको लागि ४२१ जना प्रतिनीधिहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिको सचिवालयले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्