Hamro Sanchar

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

प्रकाशित : २०८०/१२/२८ गते

जाजरकोट
नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा बहालवाला अध्यक्ष खिम बहादुर शाहीलाई ८ मतले पछि पार्दै नरेन्द्र कुमार शाही विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार खिम बहादुर शाहीले जम्मा १८६ मत प्राप्त गरेका थिए भने, नरेन्द्र कुमार शाहीले १९४ मत प्राप्त गरेर विजयी हासिल गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासी मोति वलीलाइ ७ मतले पछि पार्दै विश्व विक्रम शाह विजयी भएका छन् । विजयी उपाध्यक्ष शाहले १८२ मत प्राप्त गरेका थिए भने, उपाध्यक्षका प्रत्यासी वलीले १७५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिव पदमा नर बहादुर बस्नेत (एनबी) लाई १७ मतले पछि पार्दै गोपाल नेपाली विजयी भएका छन् । १८८ मत प्राप्त गरेर सचिव पदमा नेपाली विजयी भएका छन् भने, उनका निकटतम प्रतिद्धन्दी बस्नेतले १७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसचिव पदमा भक्त बहादुर बस्नेतलाई २४ मतले पछि पार्दै तप्त बहादुर हमाल विजयी भएका छन् । १८१ मत प्राप्त गरेर उपसचिव पदमा हमाल विजयी भएका छन भने, उनका निकटतम प्रतिद्धन्दी बस्नेतले १५७ मत प्राप्त गरेका छन् ।

महिला उपसचिव पदमा हरिकला जैसीलाई ४२ मतले पछि पार्दै सुनिता बोहोरा विजयी भएकी छन् । १९३ मत प्राप्त गरेर महिला उपसचिव पदमा बोहरा विजयी भएकी छन् भने, उनको निकटतम प्रतिद्धन्दी जैसीले १५१ मत प्राप्त गरेकी छन् ।

खुल्ला सदस्य, भुगोल सदस्य, महिला, दलित, जनजाति लगाएतका विभिन्न कलष्टर र युवा सदस्य पदको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

सातौं जिल्ला अधिवेशनबाट नेतृत्व छनौंट गर्न नेकपा एमाले, जाजरकोटले सहमतिको प्रयास गरेता पनि सहमति जुट्न नसकेपछि मंगलबार दिउसो निर्वाचन भएको थियो । मंगलबार बेलुकादेखि सुरु गरिएको मत गणना रातभरी गन्दा पनि अहिलेसम्म सकिएको छैन । पदाधिकारीको मत गन्ने काम सकिएको छ भने, अन्य सदस्य पदका उम्मेदवारहरुको मतगणना जारी रहेको जनाईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्