Hamro Sanchar

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

प्रकाशित : २०८१/१/५ गते

जाजरकोट
भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द्र थारुको शव फेला परेको छ । भेरी नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएा थारुको शव २३ दिनपछि फेला परेको हो ।

बुधबार फेला परेका थारु गत चैत्र १२ गते भेरी नगरपालिका वडा नं १३ राख्सेको भेरी नदिमा नुहाउने क्रममा उनि वेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको लगातार खोजीकार्य पछि उनको शव बुधबार घाटाचौर स्थीत सल्यान र जाजरकोट जोड्ने झोलुङ्गे पुल मुनी भेरी नदिमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी मावध विश्वकर्माले बताए । उनी भेरी नगरपालिका १३ कुदुमा घर बनाउने कार्यमा लेबर काम गर्दे आएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्