Hamro Sanchar

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

प्रकाशित : २०८१/१/६ गते

जाजरकोट
हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हेल्पिङ्ग हट्सको समन्वय तथा सहयोगमा हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

गत कातिक १७ गते मध्येराति जाजरकोटमा भुकम्प गए लगतै खोज, उद्धार, उपचार र राहत वितरण कार्यमा योगदान गर्दै आएको हेल्पिङ्ग हेण्ड र हेल्पिङ्ग हट्सले यतिवेला जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख ६५ हजार ३४० रुपैया लागतको सामाग्री हस्तान्तरण गरेको अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले जानकारी दिएका छन् । अत्याधुनिक सुत्केरी बेड, अप्रेशन सामाग्री, विभिन्न प्रकारका औषधि गरी १३२ प्रकारका सामाग्री अस्ताललाई हस्तान्तरण गरेको अध्यक्ष सिंहले बताए ।

गत कातिक १७ गते राति गएको भुकम्पले क्षेतविच्छेद भएको जाजरकोट जिल्लामा तत्काल स्वास्थ्य सेवा सुधार गर्नुपर्ने आबश्यकता ठानेर उक्त सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हेल्पिङ्ग हेण्डका कार्यक्रम व्यवस्थापक जिवा पोखरेलले जानकारी दिए । प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, यस जिल्लाका मन्त्री तथा साँसद र यस जिल्लाका व्यापारी तथा समाजसेवी भद्र बहादुर वलीको समन्वय र पहलमा जाजरकोट जिल्ला अस्पताललाई उक्त सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम व्यवस्थापक पोखरेलले भनाई राखेका थिए ।

जिल्ला अस्पतालमा बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो । औपचारिक कार्यक्रमको प्रमुख अथिति भेरी नगरपालिका उपप्रमुख सिता जैसी रहेकी थिईन भने, अन्य अथितिहरुमा हेल्पिङ्ग हेण्डका कार्यक्रम व्यवस्थापक जिवा पोखरेल, हेल्पिङ्ग हट्सका जिल्ला कोडिनेटर जिगर खाँन, पिल्ड अफिसर वासिन खाँन, नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश प्रतिनीधि खम्ब जंग शाह, अस्पतालमा कार्यरत डा. दया लगाएतका व्यक्तिहरु रहेका थिए । अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेल्पिङ्ख हेण्ड र हेल्पिङ्ख हट्सका प्रतिनीधिहरुलाई सम्मान पत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

 

रोग, भोक र गरिवीले पछाडी परेको जाजरकोट जिल्लालाई विभिन्न महारी र विपदहरुले वेला–वेलामा सताउने गरेको भेरी नगरपालिका उपप्रमुख सिता जैसीले भनाई राखेकी थिईन् । विपद र संकटको बेलामा जाजरकोट जिल्लालाई सहयोग गरेर गुण लगाएकोमा हेल्पिङ्ग हेण्ड र हेल्पिङ्ग हट्सलाई उपप्रमुख जैसीले धन्यवाद दिएकी थिईन् । कार्यक्रमको संचालन भेरी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक दिपक वलीले गरेका थिए । भुकम्पले छेतविच्छेद भएको जाजरकोट जिल्लाको पुर्ननिर्माणसम्म हेल्पिङ्ग हेण्ड र हेल्पिङ्ग हट्सको पूर्ण सहयोग र साथ रहनेमा अस्पताल विकास समितिका अध्यक्ष सिंहले विश्वास व्यक्त गरेका थिए । वेड, उपचार सामाग्री, औषधि लगाएतका उक्त सम्पूर्ण सामाग्रीहरु जिल्ला अस्पताललाई उपलब्ध गराउन समन्वयको भुमिका खेल्ने सम्पूर्णलाई अध्यक्ष सिंहले धन्यवाद दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्