News Portal

जाजरकोटमा सक्रिय संक्रमित ५८७ जना

६२४ पटक

जाजरकोट जिल्लामा सुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । हालसम्म जिल्लामा ४०१ जनाले कोरोना जितेर घर पर्कका छन् भने, थप उपचारको लागि ६ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ भने, एक जनाको जिल्ला भन्दा बाहिर बाँके जिल्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको ११ चैत २०७६ देखि ७ जेठ २०७८ सम्मको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ९९६ जना पुगेको उल्लेख गरिएको छ । ६ हजार ७०६ जनामा गरिएको पिसीआर परीक्षणबाट ४८८ लाई कोरोना पुष्टी भएको प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । संक्रमित ४८८ जना मध्ये १११ जना सन्चो भएर घर फर्केका छन भने, ३७७ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । एक् हजार ६५० जनामा गरिएको एन्टीजेन परीक्षणबाट ५०८ जनालाई कोरोना पुष्टी भएको थियो । संक्रमित ५०८ जना मध्ये २९० जना सन्चो भएर घर फर्केका छन् भने, २१० जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

जिल्ला अस्पताललाई कोरोना उपचार अस्पताल बनाउनुको साथै जिल्लामा १२२ वटा आईशोलेसन बेडको व्यवस्था गरिएको छ । उक्त आईशोलेसन बेड मध्ये ३३ वटा बेड अक्सिजन सहितका रहेका छन भने, ८९ वटा साधारण बेड रहेका छन् । तीन वटा आईसीयू कक्ष र एक वटा भेन्टिलेटर कक्ष रहेको जिल्लामा ९० वटा अक्सिज सिलिण्डर रहेका छन् भने, १० वटा एचडीयू बेड रहेका छन् ।

भेरी नगरपालिकामा सक्रिय संक्रमित ३६५ जना
भेरी नगरपालिकामा शुक्रबार सक्रिय संक्रमित ३६५ जना रहेका छन् भने, हालसम्म भेरीमा १२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । भेरीमा ४९३ जना कोरोना संक्रमित मध्ये १२० जनाले कोरोना जितेर डिस्चार्ज भएको नगर स्वास्थ्य शाखाको सह–संयोजक तथा जनस्वास्थ्य निरिक्षक निशा थापाले जानकारी दिएकी छन् । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने, ४ जनालाई थप उपचाका लागि भेरी नगर स्वास्थ्य शाखाले रिफर गरेको छ ।

पिसीआर परीक्षणका लागि नगर स्वास्थ्य शाखाले ५५९ जनाको स्वाब संकलन गरेका थियो । उक्त स्वावबाट ३२७ जनालाई कोरोना पुष्टी भएको शुक्रबार प्रकाशित कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ल्याब प्रयोशाला सुखेतबाट ६ जनाको रिर्पोट आउन अझै बाँकी रहेको प्रकाशित दैनिक प्रतिवेदन बिबरणमा देखाईएको छ । त्यसैगरी ५१० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १६६ जनालाई कोरोना पुष्टी भएको प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ३६५ जना सक्रिय संक्रमितहरुले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

नलगाड नगरपालिकामा २७ जना संक्रमित, ५ जना रिफर, ७ जना डिस्चार्ज
नलगाड नगरपालिकामा हालसम्म ६२ जनालाई गरिएको परिक्षणबाट २७ जनालाई कोरोना पुष्टी भएको छ भने, उपचारका लागि ५ जना संक्रमितलाई रिफर गरिएको छ । ७ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, एक जनाको मृत्यु भएको छ ।

नगर स्वास्थ्य शाखाले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म २ जनालाई गरिएको पिसीआर परिक्षण रिर्पोटले २ जनालाई नै कोरोना संक्रमित नभएको पुष्टी भएको छ । त्यसैगरी ६० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २७ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणमा देखाईएको छ । १२ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, २ जना सक्रिय संक्रमितले प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । ७ जना डिस्चार्ज भएका छन् भने, ५ जनालाई रिफर गरिएको छ । हालसम्म एक जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्