News Portal

फाराम भर्न नदिएको वडाअध्यक्षलाई भुमीहिन सुकुम्बासी दलितहरुको आरोप

१००३ पटक

बारेकोट गाउँपालिका–४ की वडा अध्यक्ष सिर्जना बस्नेतले रातो फराम भर्न नदिएको भुमिहिन सुकुम्बासी दलितहरुले आरोप लगाएका छन् । बारेकोट–४ जुम्कका दलितहरुले वडा अध्यक्ष बस्नेतलाई यस्तो आरोप लगाएका हुन् ।

भुमी सम्बन्धि समस्या समाधान आयोगले गत बैसाख ५ गते प्रकाशन गरेको ३५ दिने सुचना अनुसार आफुहरुलाई वडा अध्यक्ष बस्नेतले रातो फराम भर्न नदिएको उनीहरुले आरोप लगाएका छन् । आयोगले प्रकाशन गरेको सुचनामा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यबस्थित बसोबासीले बसोबास वा आवाद कमोद गर्दै आएको जग्गा पाउने व्यवस्था रहेको उल्लेख गरेको छ बारेकोट–४ का धनजीति विकले भने–‘आयोगले तोकेको फाराम अनुसार वडा अध्यक्ष बस्नेतले त्यहाँका दलितहरुलाई रातो फाराम भर्न दिनु भएन ।’

जुम्कमा ५० देदि ५२ घरधुरी दलित समुदायको बसोबास छ बिकले भने–‘लालपुर्जा सहितका १०–११ घरधुरीले आवाद कमोद गर्दै आएका छन, उनीहरुबाट कानुनी रुपमा २०–२२ घरधुरीले अंश लिन नै बाँकी छ, बाँकी २९–३० घरधुरी पुस्तौदेखि आफ्नो नाममा जग्गा नभएका भुमीहिन सकुम्बासी दलितहरु छन्, तिनैहरुले आयोगको मापदण्डलाई पुरा गरेर पनि रातो फाराम भर्न पाएनन् ।’

भुमी सम्बन्धि समस्या समाधान आयोगले प्रकाशित गरेको सुचनाको अबधि अझै पनि बाँकी रहेको जानकारी दिदै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले सम्बन्धित वडामा गएका फरामहरुलाई मिलाएर भर्न सबैलाई आग्रह गरेका छन् ।

भुमीहिन सकुम्बासी दलितप्रति पुर्वाग्रही भएर फाराम भर्न नदिएको भएर सम्बन्धित वडाको सबै बिषयको जानकार वडाअध्यक्ष हुने अध्यक्ष शाहले बताए । कसलाई रातो फराम भर्न दिने, कसलाई भर्न नदिने भन्ने कुरा वडाअध्यक्षलाई नै थाहा हुने अध्यक्ष शाहको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्