Hamro Sanchar

वल्र्ड भिजन र पाँचताराले हस्तान्तरण गरे भुकम्प प्रतिकार्य परियोजना

प्रकाशित : २०८१/३/१ गते

युद्धजीत शर्मा
जाजरकोट
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले भेरी नगरपालिका–१२ र नलगाड नगरपालिका–५ को वडा कार्यालयलाई परियोजना हस्तान्तरण गरेका छन् । दुबै ठाउँमा एक विशेष कार्यक्रमको आयोजना गरेर बुधबार वल्र्ड भिजन ईन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्चले वडा कार्यालयलाई परियोजना हस्तान्तरण गरेका हुन् ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले भेरी नगरपालिका–१२ का वडा अध्यक्ष भक्त बहादुर मल्ल र नलगाड नगरपालिका–५ का वडा अध्यक्ष ओमराज वलीलाई पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजनालाई लेखित रुपमा हस्तान्तरण गरेका थिए । द गोभरमेन्ट अफ द हङकङ स्पेशल एडमिनस्ट्रेटीभ रिगनको आर्थिक सहयोगमा ८ मार्च २०२४ देखि सुरु भएको उक्त परियोजनाले भेरी नगरपालिका–१२ का २०० घरधुरी, नलगाड नगरपालिका–५ का ३२० घरधुरी गरी जम्मा ५२० घरधुरीलाई खानेपानी विन्दु सहितको शौचालय निर्माण गरेको वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक वीरेन्द्र कुमार थारुले जानकारी दिए । संयोजक थारुले दिएको जानकारी अनुसार खानेपानी विन्दु सहितको शौचालय निर्माणमा परियोजनाले प्रतिपरिवारमा ४२ हजार ६१७ रुपैया खर्च गरेको छ । उक्त शौचालय निर्माणमा खाडल खने वाफत, ढुङ्गा जम्मा गरे वाफतको परियोजनाले प्रतिपरिवारलाई ८ हजार ७४२ रुपैया आइएमीबाट भुक्तानी दिएको छ ।

नलगाड नगरपालिका–५ का वडा अध्यक्ष ओमराज वलीलाई परियोजना हस्तान्तरण गर्न पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्त र वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक वीरेन्द्र कुमार थारु वडा कार्यालयमा पुगेका थिए । त्यसैगरी भेरी नगरपालिका–१२ का वडा अध्यक्ष भक्त बहादुर मल्ललाई परियोजना हस्तान्तरण गर्न वल्र्ड भिजन इन्टरनेशनल नेपालका तर्फबाट मानवीर विश्वकर्मा र पश्चिम नेपाल भुकम्प प्रतिकार्य परियोजनाका व्यवस्थापक टेक बहादुर सुनार वडा कार्यालयमा पुगेका थिए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक थारुले दिएको जानकारी अनुसार परियोजनाले तीन महिनाको समयमा नलगाड र भेरी नगरपालिकाका ४५ वटा विद्यालयमा ८० वटा सिकाइ सामाग्री किड वितरण गरेको छ । प्रति किडको मुल्य २३ हजार ५६२ रहेको थियो । परियोजनाले प्रतिपरिवार ८ हजार ७७१ मुल्य बराबरको ९१२ घरधुरीलाइ न्यानो कपडा वितरण गरेको छ ।

परियोजनाले प्रति विद्यार्थीलाई १ हजार ६१७ मुल्य बराबरको नलगाड नगरपालिका र भेरी नगरपालिका ३ हजार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । भेरी नगरपालिका र नलगाड नगरपालिकाका ४८० घरधुरीलाई परियोजनाले मर्यादित स्वच्छता सामाग्री वितरण गरेको छ । १८ प्रकारका सामाग्री रहेको मर्यादित सामाग्री प्रतिपरिवारका लागि १ हजार ७४६ मुल्यको रहेको कार्यक्रम संयोजक थारुले बताएका छन् । नलगाड र भेरी नगरपालिकाका ४८० घरधुरीलाई परियोजनाले स्वच्छता सामाग्री (हाइजेनिक किड) वितरण गरेको थियो । प्रतिपरिवारलाई २ हजार ६७६ मुल्यको स्वच्छता सामाग्री रहेको थियो ।

परियोजनाले तीन महिनाको समयमा नलगाड नगरपालिकामा २ करोड २५ लाख ११ हजार ६७८ रुपैया खर्च गरेको थियो भने, भेरी नगरपालिकामा १ करोड ६५ लाख ९ हजार ७७१ रुपैया खर्च गरेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्