Hamro Sanchar

भेरी–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण

प्रकाशित : २०८१/३/१ गते

जाजरकोट
भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको छ । नगर शिक्षा शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भेरी नगरपालिका–९ मा पोषणमैत्री वडा घोषणाको अबस्था विश्लेषण गरिएको हो ।

भेरी नगरपालिका–९ कालाभुर स्थित बीरेन्द्र माविमा शिक्षासंग सम्बन्धित १२ वटा सुचकहरुको अबस्था विश्लेषण तथा छलफल गरिएको नगरपालिकाले जनाएको छ । बिहिबार र सुक्रबार दुई दिनसम्म संचालन गरिएको कार्यक्रममा पोषण सुधारका क्षेत्रमा हालसम्म हासिल गरिएको प्रगति विवरणको जानकारी लिनुको साथै अब अबलम्बन गर्नुपर्ने रणनीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।

बिद्यालय ब्यबस्थापन समिति, शिक्षक तथा फोकल शिक्षक र बिद्यार्थिहरुसंग दुई दिनसम्म गरिएको अन्तक्रियासंगै पोषण सुधारको आगामी योजना निर्माण गरिएको कार्यक्रमका सहजकर्ता यज्ञनाथ गौतमले जानकारी दिए ।

सहजकर्ता गौतमले दिएको जानकारी अनसार दुई दिने कार्यक्रममा बिद्यार्थी र अविभावकहरुसंग लागूऔषध दुव्र्यसनी विरुद्धको अभियानकाबारेमा उत्प्रेणात्मक कक्षा तथा परामर्श सम्बन्धिको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बालबिबाह रोकथाम तथा नियन्त्रण सम्बन्धिको विषयमा छलफल गरिएको गौतमले बताएका छन ।

कार्यक्रमको सहजिकरण यज्ञनाथ गौतम, सन्तोष पुन, जन स्वास्थ्य निरिक्षक लाल बहादुर खड्काले गरेका थिए । कार्यक्रममा जनप्रतिनीधि, महिला स्वास्थ्य स्वयंसेबिका, शिक्षक नागरिक अगुवा बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्