Hamro Sanchar

सडक दुर्घटना रोक्न नेपाली काँग्रेस जाजरकोट सडक खाल्डा पुर्ने अभियानमा

प्रकाशित : २०८१/३/२ गते

जाजरकोट
नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रेने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले सनिबारदेखि अभियानको सुरुवात गरेको हो ।

जिल्ला सदरमुकाम खलंगा प्रवेश द्धारका रुपमा रहेको शान्तिचौतार–थाप्ले सडक खण्डमा रहेको सडक खाल्डो पुरेर अभियानको सुरुवात गरिएको नेपाली काँग्रेस, जाजरकोटका कार्यवाहक सभापति खडक बिसीले जानकारी दिए । जिल्ला सदरमुका खलंगा भित्रकै सडकमा खाल्डो परेको लामो समय विति सक्दा पनि उक्त खोल्डो पुर्न सडकसंग सम्बन्धित कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयले ध्यान नदिएपछि नेपाली काँग्रेस पार्टीले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गर्नु परेको कावा सभापति बिसीले बताए ।

ठुला खाल्डा, खुल्टीमा सवारी साधन दौडाउदा सडक दुर्घटना हुनुको साथै यात्रुहरुलाई सास्ती हुने गरेको हुदा खाल्डा पुर्न आफुहरु लागि परेको कावा सभापति बिसीको भनाई रहेको छ । सडक टाल्ने, खाल्डाखुल्टी पुर्ने काममा कार्यालयहरुले हरेक बर्ष कोटेशनमा काम गराउने र लाखौं रुपैया खर्च गर्ने गरेको भएता पनि जिल्ला सदरमुकाम खलंगा आसपासका सडक खाल्डा पुर्ने काममा कसैले ध्यान नदिएको कावा सभापति बिसीले बताए ।

सनिबार आफ्नो नेतृत्वमा १०–१२ जना नेपाली काँग्रेस जाजरकोटका नेता तथा कार्यकर्ताहरुको टोलीलाई उक्त खाल्डो पुर्न ३ घण्टा भन्दा बढिको समय लागेको बताउदै कावा सभापति विसीले यो अभियानलाई भोलीदेखि विस्तार गरिने बताए । सडक खाल्डा पुर्ने अभियानलाइ नेपाली काँग्रेस जाजरकोटले खलंगा–रिम्ना सडक खण्ड, खलंगा–पाँचकाटिया सडक खण्ड, खलंगा–जगतिपुर सडक खण्ड, छेडा–थलह सडक खण्डहरुमा विस्तार गरिने कावा सभापति बिसीले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्