News Portal

सेभ र पाँचतारा युवा संरक्षक मञ्चद्धारा स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

१३७२ पटक

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई आईतबार झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तारण गरेको छ । कोभिड-१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले स्वास्थ्य सेवा कार्यालयलाई ५ लाख ९९ हजार ९८५ रुपैया २५ पैसा मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिएका छन् । ५ लाख ९९ हजार ९८५ रुपैया २५ पैसाको १५० वटा पिपीई सेट, २५० वटा भिटीएम किट, १ हजार २०० सर्जिकल मास्क, ५० वटा फेस सिल्ड, ५०० सर्जिकल ग्लोप्स, १०० लिटर डिसइन्फेकटेन्ट, ५०० एमएलका ४० वटा स्यानिटाईजर, १० जोडा युटिलिटि ग्लोप्स, ५ वटा मोप उईथ हेण्डल, २ वटा आइआर थर्ममिटर, २० लिटर स्प्रिय कन्टिनर लगाएतका स्वास्थ्य सामाग्री र मास्क प्रयोग सम्बन्धिका पोष्टरहरु स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको कार्यकारी निर्देशक पन्तले बताए ।

उक्त सामाग्रीहरु स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापक टिकाराम जैसीलाई हस्तान्तरण गरिएको जानकारी दिदै कार्यकारी निर्देशक पन्तले हस्तान्तरण कार्यक्रममा डा. अ‍ौसरसिंह राठोरको उपस्थि रहेको बताए । आईतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको पाँचतारा युवा संरक्षक मञ्चले शुक्रबार १८ वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई १५ हजार नगद हस्तान्तरण गरेको थियो । कोरोना संक्रमणको जटिल अबस्थामा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई गरेको सहयोगको उच्च कदर गर्दै स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापक जैसीले पाँचतारा युवा संरक्षक मञ्चलाई लेखित रुपमा धन्यवाद दिएका छन् ।

कोरोना बिरुद्धको मानव लडाई कष्टपूणर् भएको बताउदै कार्यकारी निर्देशक पन्तले उक्त लडाईमा जुट्न सबैलाई अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्