Hamro Sanchar

प्रतिष्ठानको समन्वयमा चितवन समाज युकेद्धारा भुकम्प प्रभावित विद्यार्थीलाइ सहयोग

प्रकाशित : २०८१/३/१५ गते

जाजरकोट
संयुक्त अधिराज्य वेलायतमा वस्ने चितवनका नेपालीहरुले भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्री दिएका छन् । चितवन समाज युकेमा आवद्ध नेपालीहरुले व्यक्तिगत रुपमा जम्मा गरेको रकमवाट पढाइ सहयोग सामाग्री व्यवस्था गरि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत उक्त सामाग्रीहरु विद्यार्थीहरुलाइ हस्तान्तरण गरिएका हुन् ।

चितवन समाज युकेको सहयोगमा जुटेका कापी किताव र कलम लगाएतका पढाइ सामाग्रीहरु जाजरकोट खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाइ विशेष कार्यक्रमका विच भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी लगाएतका व्यक्तिहरुले हस्तान्तरण गरेका छन् । जिल्लाका विभिन्न चारवटा पालिकामा घर भइ उक्त विद्यालयमा अध्ययन गरिरहेका शिक्षा तथा व्यवस्थापन समुहका ४३ जना विद्यार्थीहरुलाइ किताव, कापी र कलम लगाएतका सामाग्रीहरु वितरण गरिएको कार्यक्रमको समन्वयकर्ता जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।

उनले चितवन समाज युकेका प्रमुख संरक्षक शान्तविनोद लामिछाने, अध्यक्ष सालिक सापकोटा र महासचिव खेम शर्मा लगाएतका व्यक्तिहरुको विशेष पहल र सक्रियतामा संकलन भएको १ लाख रकमवाट जुटेका उक्त सामाग्रीहरु विद्यालयका विपन्न विद्यार्थीहरुलाइ हस्तान्तरण गरिएको अध्यक्ष केसीले वताए । युके वाट प्राप्त भएको सहयोगलाइ जाजरकोटसम्म पुरयाउने काममा दैलेख निवासी अध्यापक धनेस्वर नेपालले गरेको अध्यक्ष केसीले वताए । पढाइ सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले सात समुद्रपारी रहेर पनि जाजरकोटीहरुका लागि सहयोग गर्ने चितवन समाज युकेमा आवस्द्ध सवैलाइ आफनो व्यक्तिगत र भेरी नगरपालिकाको तर्फवाट धन्यवाद दिइन् ।

जाजरकोटीको दुख र समस्यामा साथ सहयोग गर्ने चितवन समाज युकेका सवै नेपालीहरुप्रति उच्च सम्मान व्यक्त गर्दै सक्रिय समन्वय र योगदान गर्नेहरुलाइ म व्यक्तिगत र नगरपालिकाको तर्फवाट हार्दिक धन्यवाद दिन चहान्छु, उपप्रमुख जैसीले भनिन् । यस्तै कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेशका उपसंयोजक खम्वजंग शाहले चितवन समाज युकेले भूकम्प प्रभावित जाजरकोटका विपन्न विद्याथीहरुलाइ पढाइमा सहयोग पुरयाउन गरेको योगदान निकै अमुल्य रहेको वताए ।

युकेमा वस्ने चितवनका नेपालीहरुले जाजरकोटका लागि गरेको सहयोग अति महत्वपुर्ण रहेको उपसंयोजक शाहले वताए । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्कीले पनि भौगोलिक रुपमा धेरै टाढा भएर पनि दुखमा परेका जाजरकोटीका लागि भनेर सहयोग गर्ने चितवन समाज युकेमा आवद्ध नेपालीहरु धन्यवादका महत्वपुर्ण पात्रहरु भएको वताए ।

यस्तै त्रिभुवन माध्यमक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तवहादुर मल्लले चितवन समाज युकेले आफनो विद्यालयका विद्यार्थीहरुको पढाइ सहयोगका लागि गरेको योगदान निकै महत्वपुर्ण र मुल्यवान रहेको वताए । सात समुद्र पारीवाट पनि जाजरकोटका लागि माया दर्शाउने चितवनका नागरिकहरुलाइ विद्यालयको तर्फवाट हार्दिक धन्यवाद दिन चहान्छु, प्रधानाध्यापक मल्लले भने ।

भुकम्प प्रभावित जाजरकोटका विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोग समाग्री वितरण कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका उपप्रमुख सीता जैसी, शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेश समितिका उपसंयोजक खम्वजंग शाह, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता वली विसी लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ढिलै भएपनि भुकम्पवाट प्रभावित जाजरकोटका विद्यार्थीहरुको लागि आफुहरुले सहयोग गर्न पाएकोमा खुसी लागेको चितवन समाज युकेका प्रमुख संरक्षक शान्तविनोद लामिछानेले वताए । उनले जहा भएपनि नेपाली मन र नेपाली दुख एकै भएकोले जाजरकोटका लागि सात समुद्रपारिवाट सहयोगको हात देखाएको वताए । यस्तै समाजका अध्यक्ष सालिक सापकोटाले सहयोग वेलैमा जम्मा गरेको भएपनि प्राविधिक कारणले ढिलो जाजरकोट पुरयाएको वताए । उनले जाजरकोटसम्म सहयोग पुरयाउन पाउदा आफुहरुलाइ निकै खुसी र आनन्दको महसुस भएको वताए ।


Tagged
प्रतिकृया दिनुहोस्