Hamro Sanchar

लागुऔषध नियन्त्रण तथा व्यवस्थित मदिरा विक्रि वितरण गर्न होटल व्यवसायीसंग भेरी नगरपालिका

प्रकाशित : २०८१/३/१७ गते

जाजरकोट
लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको हो ।

शारिरिक तथा मानसिक सुन्तुलनमा भिन्नता ल्याउने लागुऔषध दुव्र्यसनीलाइ रोकथाम तथा नियन्त्रण गर्न होटल व्यवसायीहरुको महत्वपूर्ण भुमिका रहेको भेरी नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले भनाइ राखेका थिए । लागुऔषध दुव्र्यसनीको चेनलाइ ब्रेक गर्न २५ बर्ष भन्दा बढिको समय लाग्ने बताउदै शाखा प्रमुख पुनले लागुऔषध दुव्र्यसनीबाट बालबालिकालाइ जोगाउन होटल व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सामाजिक न्याय, आर्थिक समृद्धिले भरिएको सुन्दर देश निर्माण गर्नुनै आजको मुख्य आबश्यकता भएको बताउदै शाखा प्रमुख पुनले युग सुहाउदो भावी पुस्ता निर्माणमा सबैले ध्यान दिनुपर्ने भनाइ राखेका थिए ।

होटल व्यवसायीहरुसंगको उक्त छलफलमा नगर शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत स्रोत शिक्षक प्रेम बहादुर खत्रीले लागुऔषधको परिचय, लागुऔषध दुव्र्यसनीका लक्षणहरु, यसले गर्ने असरहरुका बिषयमा आफ्नो प्रस्तुती राखेका थिए । लागुऔषधका प्रयोगकर्ता, संचितिकरण र ओसारपसारकर्ताहरुको लागि कानुनी सजायका बिषयमा जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा कार्यरत प्रहरी नायव निरीक्षकले आफ्नो प्रस्तुती राखेका थिए ।

त्यसैगरी छलफल कार्यक्रममा नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले लागुऔषध नियन्त्रण तथा रोकथाम गर्न सामाजिक अभियान्ता, अधिकारकर्मी तथा नागरिक समाजको भुमिकाका विषयमा प्रस्तुती राखेका थिए ।

सकारात्मक सोच, नयाँ जीवन जिउने कलाबाट नविन समाजको नेतृत्व प्रदान गर्न सकिने बताउदै भेरी नगरपालिकाको विपद शाखामा कार्यरत यज्ञ गौतमले योग तथा ध्यानका विषयमा चर्चा गरेका थिए । गौतमले सहभागीहरुलाइ मनोरन्जनात्मक नाँचमा सहभागी गराउनुको साथै १० मिनेट ध्यानमा राखेर मोटिभेसन कलास दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्