News Portal

पहिरोले अस्थायी आबास पुरिएपछि चार जना भूकम्पपीडित गम्भीर घाइते

९८ पटक

जाजरकोट

पहिरोले भूकम्प पीडितको अस्थायी आबास पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । कुशे गाउँपालिका–८ दल्लेना निबासी दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा माथिवाट पहिरोले पुरेपछि ४ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा वर्ष ३५ की दलसरी थापा, उनकी ४ बर्षिय छोरी हस्तीका थापा, १७ वर्षीया निरमाया थापा र २९ बर्षकी कमला थापा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

घाइते विष्णु थापाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ । मध्येराती आएको पहिरोले अस्थायी आबस पुरे लगैतै वडा अध्यक्ष डिल्लीबहादुर सिंहले नेपाल प्रहरीलाइ जानकारी गराएका थिए । जानकारी प्राप्त गरे पश्चात प्रहरी चौकी पैंकबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी चारैजना घाइतेलाई उद्धार गरिएको थियो ।

रातिनै सुरक्षित स्थानमा राखिएका घाइतेहरुको अबस्था गम्भीर भएपछि उपचारका उनीहरुलाइ हेलिकप्टरमा सुर्खेत पुर्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

गत कातिक १७ गते मध्येराति आएको भुकम्पले घर भत्किएपछि उनीहरु सरकारले दिएको अनुदानबाट बनाइएका अस्थायी आबासमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्