News Portal

त्रिपालको ओतमा जाजरकोट दरबार

१२६ पटक

जाजरकोट
भुकम्पले जिर्ण बनाएको जाजरकोट दरवारलाइ त्रिपालको ओत लगाइएको छ । मनसुनजन्य बर्षातबाट जोगाउन दरवारलाइ त्रिपालको ओत लगाइएको हो ।

दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले क्षेतिग्रष्त बनेको छ । भुकम्प गएको ९ महिना विति सक्दा पनि पुर्ननिर्माण हुन नसकेपछि दरबारको जिर्णोद्धार तथा भत्कनबाट जोगाउन त्रिपालले ढाकिएको प्रमुुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । डिभिजन बन कार्यालयको सहयोग तथा समन्वयमा जोखिम मोलेर दरवारलाइ त्रिपालले ढाक्ने काम सम्पन्न गरिएको प्रजिअ अधिकारीले बताए ।

जाजरकोट दरबारमा हाल सरकारको स्वामित्वमा छ । भुकम्प अघि यस दरबारमा जिल्ला प्रशासन कार्यालय संचालन गरिएको थियो । ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसकेपनि बस्न मिल्ने अवस्था छैन । भित्रभित्रै पुरै मक्किएको छ । १९९० सालको भुकम्पले भत्किएको यो दरबार पुर्ननिर्माण गरि सात तलाबाट चार तलामा झारिएको थियो । २०५० सालको भुकम्पले पुनः क्षति पुर्याएपछि पुरानै शैलीमा पुर्ननिर्माण गरिएको थियो । तर यसपटकको भुकम्पले पुनः दरबारलाइ क्षति पुरयाएको छ ।

यस जाजरकोट दरवारलाइ नेपाल सरकारले मुलुकका सय पर्यटकीय गन्तव्य स्थलको सुचीमा सुचीकृत गरेको छ । यसको निर्माण विक्रम सम्वत १८५२ मा तत्कालिन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा गरिएको थियो ।

१९९० सालपछि भक्तपुरका नेवार उति वेलाका इन्जिनियर नाक्चेलाइ ल्याएर यसको पुननिर्माण गरिएको थियो । यसमा प्रयोग भएको झयालको कला र स्वरुप हेर्दा सुरुकै स्वरुपमा निर्माण भएको देखिन्छ । यो दरवार ऐतिहासिक तथा पुरातात्विक हिसावले महत्वपुर्ण मानिन्छ । दरवारको मौलिकता, ऐतिहासिकता र पुरातात्वीक महत्व सुरक्षित हुने गरि पुरानै स्वरुपमा भुकम्पीय जोखिममुक्त तरिकाले पुर्ननिर्माण गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ ।

जाजरकोट दरबार जस्तै दर्जनौ सरकारी कार्यालय, विद्यालय, मठमन्दिर, निजी आवास लगायतका भौतिक संरचना बर्षातको पानी चुहिएर थप जोखिममा परेका छन् । चर्चिएका भवनमा पानी चुहिदा जतिवेला पनि ढल्न सक्ने र थप जोखिम निम्तन सक्ने भएको हुदा स्थानिय प्रशासनले सचेत रहन तथा सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्