News Portal

जाजरकोटमा जीप दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु

२९४ पटक

१४ जना घाइते
१ जनाको अबस्था गम्भीर
घाइते मध्ये एक ४ महिनाको बालक
जाजरकोट
भेरी नगरपालिका–६ गंजमा जीप दुर्घटना हुदा जीप चालकको घटना स्थलमै मृत्यू भएको छ भने, जीपमा सवार १४ जना घाइते भएका छन् । १३ जना घाइतेको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ भने, एक जना गम्भीर घाइतेलाइ सुर्खेत रिफर गरिएको छ ।

खलंगादेखि नेटा बजार तर्फ जादै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दिउसो सवा २ बजेतिर गंजमा दुर्घना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोतम प्रसाद भण्डारीले जानकारी दिए । कार्यालय प्रमुख डिएसपी भण्डारीले दिएको जानकारी अनुसार चालकले नियन्त्रण गर्न नसकेको बोलेरो जीप सडकबाट ३०० देखि ४०० मिटरको दुरीमा तल खसेको थियो । उक्त जीपका चालक अन्दाजी ३४÷३५ बर्षिय मान बहादुर वलीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–६ गंगटिया निबासी चालक वली आफै गाडी साहुँ रहेको स्थानीयले बताएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार जीप दुर्घटनाका सबै घाइतेहरु भेरी नगरपालिका–६ भेरेका रहेका छन् । घाइते हुनेहरुमा भेरी नगरपालिका–६ भेरेकी २८ बर्षिय सपना बिक सार्की, ३५ बर्षिय भुमिका शाही, १९ बर्षिय दुर्गा पुन, १९ बर्षिय बिन्दु शाही, ५५ बर्षिय मोति लुहार, १७ बर्षिय सिता पुन, २१ ब्र्षिय धनसरा खड्का, ८० बर्षिय कलिमान खत्री, २८ बर्षिय भुमिकला राना घर्ती, ४ महिनाको प्रज्वल घर्ती, ३६ बर्षिय कल्पना खत्री, ३३ बर्षिय अस्मिता खत्री, ३१ ब्र्षिय पार्वति उपाध्याय र ४० बर्षिय हिरा सार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये ८० बर्षिय कलिमान खत्रीको अबस्था गम्भीर भएको जाजरकोट जिल्ला अस्पतालले जानकारी दिएको छ । उपचारको लागि खत्रीलाइ प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जाजरकोट जिल्ला अस्पतालले बताएको छ ।

घाइते ४ महिनाका बालक प्रज्वल घर्तीको अबस्था भने सामान्य रहेको जनाइएको छ । बालक प्रज्वल घर्ती भुमिकला राना घर्तीका छोरा हुन् । आमा, छोरा दुवैको उपचार जाजरकोट जिल्ला अस्पतालमै भइरहेको छ । ५ जनाको सिट क्षमता भएको बोलेरो जीपमा सिट क्षमता भन्दा १० जना बढि सवार राखेकोले उक्त बोलेरो जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्