News Portal

जाजरकोट जीप दुर्घटनाका घाइते खत्रीको सुर्खेतमा मृत्यु

४५९ पटक

जाजरकोट
मंगलबारको जीप दुर्घटनाका घाइते ८० बर्षिय कलिमान खत्रीको मृत्यु भएको छ । उचारमा रहेका खत्रीको मृत्यु प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा भएको हो ।

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका खत्रीलाइ जिल्ला अस्पताल जाजरकोटले मंगलबारनै रिफर गरेको थियो । उपचारको लागि खत्रीलाइ मंगलबारनै प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा पुर्याइएको थियो । खत्री भेरी नगरपालिका–६ भेरेका स्थायी बासिन्दा हुन् ।

खत्रीको मृत्यु भएपछि उक्त जीप दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । ३५ बर्षिय जीप चालक मान बहादुर वलीको घटना स्थलमै मृत्यु भएको थियो । चालक वली उक्त जीपको साहुँ पनि हुन् । वली भेरी नगरपालिका–६ गंगटियाका स्थायी बासिन्दा हुन् ।

खलंगादेखि नेटाबजार तर्फ जादै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप मंगलबार दिउसो सवा २ बजे भेरी नगरपालिका–६ गञ्जमा दुर्घटनामा परेको थियो । उक्त जीप सडकदेखि ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

घाईते सबै एउटै गाउँकाः
घाइते हुनेमा २८ बर्षिय सपना बिक सार्की, ३५ बर्षिय भुमिका शाही, १९ बर्षिय दुर्गा पुन, १९ बर्षिय बिन्दु शाही, ५५ बर्षिय मोति लुहार, १६ बर्षिय सिता पुन, २१ ब्र्षिय धनसरा खड्का, २ बर्षिय ललित खड्का, २८ बर्षिय भुमिकला राना घर्ती, ४ महिनाको प्रज्वल घर्ती, ३६ बर्षिय कल्पना खत्री, ३३ बर्षिय अस्मिता खत्री, ३१ ब्र्षिय पार्वति उपाध्याय, ३ बर्षिय गणेश प्रसाद उपाध्याय र ४० बर्षिय हिरा सार्की रहेको प्रहरीले जनाएको छ । १५ जना सबै घाइतेहरु भेरी नगरपालिका–६ भेरेका बासिन्दा हुन् । ५ जनाको सिट क्षमता भएको बोलेरो जीपमा १७ जना सवार रहेका थिए । १५ जना घाइतेको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ ।

घाइते तीन नाबालको अबस्था सामान्यः–
उक्त जीप दुर्घटनाका १५ जना घाइतेहरु मध्ये ३ जना नाबालक रहेका छन् । घाइते नाबालकमा ४ महिनाको प्रज्वल घर्ती, २ बर्षिय ललित खड्का र ३ बर्षिय गणेश प्रसाद उपाध्याय रहेका छन् । ४ महिनाको प्रज्वल घर्ती भुमिकला राना घर्ती छोरा हुन् । खलंगादेखि घर जानेवेला उक्त जीपमा सिट नपाएपछि भुमिकलाले प्रज्वललाइ सिटमा बसेका महिलाइ समात्न दिएर आफु जीपको ढालामा बसेकी थिइन् । जीप दुर्घटना भएपछि दुइ बल्याङ्गमै ढालाबाट भुमिका जमिनमा खसेपनि प्रज्वल भने, जीप खसेको अन्तिम ठाउँमा रहेका दुइ ढुङ्गाको बीचमा परेका थिए । जिल्ला अस्पतालमा उपचार गराइ रहेका प्रज्वलका आमा छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

२ बर्षका ललित खड्का धनसरा खड्काका छोरा हुन् । खलंगादेखि घर जानेवेला डाइभर सिट भन्दा पछाडीको सिटमा बसेर धनसराले ललितलाइ काँखमै च्यापेकी थिइन् । जीप दुर्घटना भएपछि जीप खसेको अन्तिम ठाउँको जमिनमा बजारिन पुगेकी धनसराले ललितलाइ आफ्नो काँखीबाट छोडेकी थिइनन् । हात, खुट्टा र छातिमा गहिरो चोट लागेर बेहोस भएतापनि धनसराले ललितलाइ काँखीमै च्यापी राखेकी थिइन् । जिल्ला अस्पतालमा उपचार गराइ रहेका ललितको स्वास्थ्य अबस्था सामान्य रहेको छ भने, उपचारपछि धनसराको पनि होस खुलेको चिकित्सकले जानकारी दिएका छन् । चिकित्सककानुसार धनसरालाइ भने अझै केहि दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएको छ ।

३ बर्षिय गणेश प्रसाद उपाध्याय पार्वति उपाध्यायका छोरा हुन् । खलंगादेखि घर जानेवेला पार्वति उपाध्यायले छोरा गणेशलाइ काँखमा चयापेर डाइभर सिटभन्दा पछाडीको सिटमा बसेकी थिइन् । दुर्घटना भएपछि बिचमै जीपको झ्यालबाट खसेकी पार्वतिले छोरा गणेशलाइ पनि काँखबाट फुत्काइ सकेकी थिइन् । जिल्ला अस्पतालमा उपचार गराइ रहेका पार्वति र गणेशका आमा छोरा दुवैको स्वास्थ्य अबस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् ।

हट्अट्याक भएर एक स्थानीयको मृत्युः
हट्अट्याक भएर भेरी नगरपालिका–६ भेरेका स्थानीय सेते कामी भनेर चिनिने ४१ ब्र्षिय पुन्या कामीको मृत्यु भएको छ । हट्अट्याक भएका कामीको उपचारका क्रममा जिल्ला अस्पताल जाजरकोटको आपतकालिन सेवामा मृत्यु भएको हो । आफ्नै व्यक्तिगत काममा खलंगा आएका कामी जीप दुर्घटना भएको खबर सुनेपछि घाइतेहरुको अबस्था बुझ्न जिल्ला अस्पतालतिर हिडिरहेका थिए । गैरीखालीबाट बाग्लङ्ग होटल नजिक पुगेपछि कामीलाइ एक्कासि समस्या आएको किशोर जंग शाहले जानकारी दिए । बाग्लुङ्ग होटलबाट मोटरसाइकलमा राखेर जिल्ला अस्पतालमा पुर्याएको शाहले बताए । आकस्मिक कक्षमा उपचार गराउदा गराउदै कामीको मृत्यु भएको शाहले बताए ।

प्रतिकृया दिनुहोस्