र्को हुन ? जाजरकोटका गोविन्द सिंहः
दिप बहादुर घर्ती
जाजरकोट
जाजरकोटको भेरी नगरपालिकामा लोपोन्मुख सुचीमा सुचीकृत आसामी बाँदर फेला परेको छ । भेरी नगरपालिका–२ डिङ्गाको जंगलमा जाजरकोट जिल्लाका खोजकर्ता एवं त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागमा कार्यरत सह–प्राध्यापकको संयुक्त टोलीले लोपोन्मुख असामी बाँदर फेला पारेको थियो ।
पूर्वी तथा पश्चिम नेपालको सिमित स्थानमा पाइने लोपोन्मुख असामी बाँदर पहिलो पटक कर्णाली प्रदेशको भेरी नदी आसपासमा फेला परेको त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागमा कार्यरत सह–प्राध्यापक डा. लक्ष्मण खानाले जानकारी दिए । २०८० साल चैत महिनाको अन्तिम सातातिर बारेकोट गाउँपालिकाको पशुपन्छी शाखामा कार्यरत छैटौ अधिकृत तथा खोजकर्ता गोविन्द बहादुर सिंह सहितको टोलीले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१० भयाउन, सालागाँडा, जाजरकोटको भेरी नगरपालिका–२ डिङ्गा र सुर्खेतको गुर्भाकोट नगरपालिकामा पहरे (आसामी) बाँदर फेला पारेको थियो ।
कालीगण्डकी नदी भन्दा पश्चिम नेपालमा आसामी बाँदरको बास स्थान हालसम्म सुचीकृत नभएको बताउदै सह–प्राध्यापक डा. खनालले सुदुरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बाजुरा, कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिम र सुर्खेत सुचीकृत भएको जानकारी दिए । आसामी बाँदरको बास स्थानमा जाजरकोट, रुकुमपश्चिम र सुर्खेत जिल्ला सुचीकृत भएपछि त्रिभुवन विश्वविद्यालयको आन्तरिक प्रकाशन Nepalese Journal Of Zoology मा आफुहरुले लेख प्रकाशित गरेको सह–प्राध्यापक डा. खनालले बताए ।
विश्वमा २३ प्रजातिका मकाटा बाँदरहरु रहेको जानकारी दिदै सह–प्राध्यापक डा. खानालले नेपालमा रातो र आसामी गरी दुइ प्रजातिका बाँदर रहेको बताए । वनस्पतिजन्य विरुवाको बीऊलाइ एक ठाउँबाट पुर्याउन बाँदरको महत्वपूर्ण भुमिका रहेको जानकारी दिदै सह–प्राध्यापक डा. खानालले बाँदर मांसहारी जनावरको महत्पूर्ण आहारा भएको बताए । जंगलमा बाँदर नहुने हो भने, मांसहारी जनावरले मान्छेलाइ तुतलानात्मक रुपमा बढि आक्रमण गर्ने सह–प्राध्यापक डा. खानालले ठोकुवा गरे । पृथ्वीको पारिस्थितिकीय प्रणालीलाइ जोगाइ राख्न बाँदरको महत्वपूर्ण भुमिका रहने बताउदै सह–प्राध्यापक डा. खानालले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार संरक्षित २७ वटा स्तनधारी जनावरहरु मध्ये पहरे (आसामी) बाँदर पनि सुचीकृत भएको बताए ।
गैरकानुनी तरिकाले गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा, गौरी गाइ मार्ने, घाइते बनाउने, खरिद, विक्रि वा हस्तान्तरण गरी लिने, दिने तथा गैडाको खाँग, कस्तुरीको बीना, हिउँ चितुवाको छाला तथा अन्य संरक्षित वन्यजन्तुको आँखेटोपहार राख्ने, खरिद, विक्रि तथा ओसारपसार गर्ने व्यक्तिलाइ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले पाँच लाखदेखि १० लाखसम्म जरिवाना, पाँच देखि १५ बर्षसम्म कैद वा दुबै सजाय गर्न सकिने व्यवस्था गरेको सह–प्राध्यापक डा. खानालले बताए । त्यसैगरी उक्त ऐनले अन्य संरक्षित वन्यजन्तुलाइ मार्ने वा घाइते बनाउने व्यक्तिलाइ एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एक बर्षदेखि १० बर्षसम्म कैद वा दुबै सजाय गर्न सकिने व्यवस्था गरेको सह–प्राध्यापक डा. खानालले जानकारी दिए ।
जलवायु परिवर्तनको असर वन्यजन्तुमा पनि परेको बताउदै सह–प्राध्यापक डा. खानालले बढ्दै गएको पृथ्वीको तापक्रमलाइ सहनसक्ने क्षमता बढि भएका जीव प्राणीहरुले लामो समयसम्म टिक्न सक्ने, तापक्रम सहन सक्ने कम क्षमता भएका जीव प्राणीहरुले बास स्थान स्थानान्तरण गर्ने गरेको बताए । मच्छेडसंग तापक्रम सहनसक्ने क्षमता कम भएको हुदा बास स्थान स्थानान्तरण गरेको चर्चा गर्दै सह–प्राध्यापक डा. खानालले असामी बाँदरले पनि केही समयपछि बास स्थान परिवर्तन गर्ने एक सर्वेक्षणले देखाएको बताए ।
को हुन ? जाजरकोटका गोविन्द सिंहः–
नीजामति सेवाका छैटौं अधिकृत गोविन्द बहादुर सिंह पशु प्राविधिक हुन् । २०४४ सालदेखि सरकारी जागिरमा प्रवेश गरेका सिंह बारेकोट गाउँपालिका–५ तोलखानाका स्थायी बासिन्दा हुन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ३ बर्ष भन्दा बढि जिम्मेवारी समालि सकेका सिंहले दैनिक विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयको काममा व्यस्त हुने गरेका छन् । २०७० सालदेखि दैनिक बिहान, बुलुकीको समय सिंहले क्यामेरा बोकेर जंगल धाउने गरेका छन् । सिंहलाइ विभिन्न प्रजातिका वन्यजन्तु, पन्छी, घस्रने प्राणी एवं बनस्पतिको फोटा खिच्न लत बसेको छ ।
जैविक विविधता खोज, अध्ययन तथा संरक्षणमा सिंहको रुचीः
अधिकृत सिंहले मुख्य पेशा जागिरीलाइ बनाएका छन् भने, जैविक विविधताको खोज, अध्ययन तथा संरक्षणमा रुची राख्दै आएका छन् । क्यामेरामा जीव प्राणी र वनस्पतिका फोटा खिच्दै आएका अधिकृत सिंहले आक्रमण तथा दुर्घटनामा परेका वन्यजन्तु, पन्छी र घस्रने जनावरहरुको उद्धार, उपचार, पुर्नस्थापनाको साथै विभिन्न सचेतनामुलक कृयाकलाप संचालन गर्दै आएका छन् । जागिरीको ५० प्रतिशत छोरा–छोरीको पढाइ खर्च तथा घर व्यवहारमा लगानी गर्दै आएका अधिकृत सिंहले जागिरीको ५० प्रतिशत क्यामेरा, स्टेन, बाइनागुलर, जिपिएस लगाएतका सामाग्री खरिद, वन्यजन्तुको उपचार, औषधि र आहारा खरिदमा खर्च गर्ने गरेका छन् ।
कृतिम तापक्रममा सर्पका बच्चा कोरल्न सफलः
उचित तथा आबश्यक ज्ञान, सीप र प्रविधिको अभावमा जैविक विविधताको संरक्षणमा सिंहले आफुलाइ प्रस्तुत गर्दै आएका छन् । ग्रामिण सडक संजाल विस्तार गर्न प्रयोग गरिएका स्क्यावेटरको बकेटले फालेका सर्पका अण्डालाइ कोठामा लिएर आबश्यक कृतिम तापक्रमको व्यवस्था गरी सिंहले ७० दिनमा १२ वटा सर्पका बच्चा कोरल्न सफल भएका भएका छन् । जीव विज्ञ करण शाहसंग टेलिफोन सम्पर्कमा लिएको परामर्शमा आफुले सर्पका बच्चा कोरल्न सफल भएको सिंहले बताउने गरेका छन् ।
३५ स्तनधारी वन्यजन्तु, ४०० पन्छीको फोटा खिच्न सफलः
दैनिक जाजरकोट जिल्लाका विभिन्न जंगलमा घुम्दै आएका सिंहले जाजरकोटको नलगाड नगरपालिकामा विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरुको फोटा खिच्नुको साथै बास स्थान पत्ता लगाएका थिए । बारेकोट लगाएत जिल्लाका अन्य पालिकामा अधिकृत सिंहले सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्धको फोटा खिच्नुको साथै बास स्थान पत्ता लगाएका थिए । मुनाल, लाटो कोसेरो लगाएत राष्ट्रिय पन्छी डाँफेको फोटा खिचि सकेका सिंहले हालसम्म आफुले ४०० प्रजातिका पन्छी तथा चराहरुको फोटा खिचि सकेको बताए ।
बारेकोटमा दुर्लभ कालो ओतको फोटा खिच्नुको साथै उपयुक्त बास स्थान पत्ता लगाएका सिंहले भेरी नगरपालिकाको तल्लो भेगमा विश्वकै दुलर्भ हाईनाको फोटा खिचेका थिए । विश्वकै दुलर्भ हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, घोरल, बदेल, लंगुर लगाएतका वन्यजन्तुहरुका फोटा खिचि सकेका सिंहले हालसम्म आफुले ३५ प्रजातिका स्तनधारी वन्यजन्तुको फोटा खिचेको बताए ।
गोमन, कोब्रा लगाएतका सर्पहरुको फोटा खिचि सकेका सिंहले हालसम्म ९ प्रजातिका सर्पहरुको फोटा खिचिसकेका छन् । सिंहले जुनकिरी, भ्यागुता लगाएतका विभिन्न प्रजातिका किरा, पुतली, जडिवुटी तथा फुलहरु गरी ७० प्रजातिका जीव तथा वनस्पतिका फोटा खिचि सकेका छन् । प्रकृति प्रेमी सिंहले विभिन्न प्राकृतिक ताल, कुण्ड, झरणा, हिमाल र नदीहरुका फोटा खिच्ने गरेका छन् ।
मृत्यलाइ जितेर चोरी सिकारी नियन्त्रण गर्न सिंहको एकल प्रयासः
वन्यजन्तु संरक्षणमा बाल्यकालदेखि नै रुची राख्दै आएका सिंहले एकल प्रयासलाइ जारी राखेका छन् । जैविक विविधताको संरक्षण गर्न आफ्नो मृत्युलाइ पनि जितिसकेका सिंहले १५ दिन अनकण्टार जंगलका ओडार र रुखमुनी रात विताइ सकेको बताए । झोलामा बोकेको खाजा र सातु खाएर भोक मेटाउने गरेका सिंहले तीन पटक भालुको आक्रमणबाट बचेको कहानी सुनाउने गरेका छन् ।
चोरी सिकारीले वन्यजन्तुको सिकार गर्न जंगलमा थापेका फलामे प्रति पासोको मुल्य ४०० रुपैया तिर्ने गरेर अधिकृत सिंहले २०० भन्दा बढि फलामे पासो संकलन गरिसकेका छन् । वन्यजन्तु मार्न चोरी सिकारीले थापेका ३० वटा उछिट्टा फालेका सिंहले विषादी मिसाएर चट्टानमा हालिएको नुनलाइ ५ पटक फालेका छन् ।
विभिन्न प्रजातिका १५ वटा घाइते वन्यजन्तुको उद्धार सहित उपचार गरी वन्यजन्तुलाइ प्राकृतिक बास सथानमा छोडेका सिंहले सिनोमा मिसाइएको विषादी लागेर विरामी गएका १५ वटा गिद्धको उद्धार सहित उपचार गरिसकेका छन् । चोट लागेर घाइते भएका ६ वटा हुँचील (लाटो कोसेरो), ८१ व्टा अन्य चराको उद्धार सहित सिंहले उपचार गरिसकेका छन् ।
आहाराको खोजीमा घरभित्र पसेका ६ वटा सर्पलाइ मार्नबाट जोगाइ सिंहले सुरक्षित स्थानमा छोडेका छन् । विक्रि गर्न पसलमा राखिएका ४०० भन्दा बढि गुलेलि प्रतिगुलेलि ४०–५० रुपैयामा खरिद गर्नुको साथै वन्यजन्तुका लागि जंगलमा थापेका १८२ वटा फलामे पासा, चराका लागि जंगलमा थापेका ६०० वटा पासा भिडिजन वन कार्यालय, जाजरकोटलाइ बुझाएको सिंहले जानकारी दिए ।
सरकार र कर्मचारीको पहँुच भन्दा टाढाको जंगलमा पुगेर वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका सिंहलाइ सरकारका तर्फबाट हौसला प्रदान गर्नुको साथै सम्मान गर्नुको अलावा अनावश्यक दुःख दिन थालेपछि चोरी सिकारीले थापेका फलामे पासो र गुलेली संकलन कार्यलाइ रोकेका छन् ।
जगिरीको ५० प्रतिशत रकमलाइ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा लगानी गर्दै आएका सिंहले भेटनरी प्राविधिकको अनुभवका आधारमा घाइते वन्यजन्तु र पन्छीको उद्धार तथा उपचार गर्ने गरेका छन् । घाइते वन्यजन्तुको उद्धार तथा उपचार गर्न गरिएको कानुनी व्यवस्था, उपचारमा प्रयोग गरिने औषधि तथा उपकरणका विषयमा आफुलाइ सरकारले तालिम दिनुपर्ने सिंहले माग राख्दै आएका छन् । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत कर्मचारीले चासो नदेखाउनु, आफु जस्तै चासो भएका व्यक्तिलाइ तालिम, प्रविधि र उपकरण दिन नसकेकोमा सिंह सरकारप्रति दुखी बनेका छन् ।