Hamro Sanchar

जाजरकोटकी नव गायिका देवी थापाको तीज गीत सिङ्गापुरे लाहुरे बजारमा

प्रकाशित : २०८१/५/१६ गते

जाजरकोट
जाजरकोटकी नव गायिका देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको छ । देवी थापा युटुव च्यानलबाट देवी थापाको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत बजारमा आएको हो ।

कुशे गाउँपालिका–५ पाँचकाटिया निबासी देवी थापा विगत ४ बर्षदेखि गायन क्षेत्रमा जमेकी छन् । देवी थापाको आवाजले काठमाडौंका विभिन्न दोहरी साँझहरुमा स्थान पाइरहेको छ । जति सुन्यो उति सुनीरहुँ लाग्ने थापाको स्वरमा सजिएको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत २८ जुलाइ २०२४ मा बजारमा आएको थियो ।

पश्चिमा सँस्कृतिको प्रभावमा बिकृत बन्दै गएको तीज संस्कृतिलाइ थापाले गीत मार्फत सालिन र सभ्य बनाउने प्रयास गरेकी छन् । गायिका थापाले ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीत मार्फत महिलाहरुलाइ तीजमा झुमेर नाँचौ–नाँचौ लाग्ने भाव झल्काएकी छन् । उक्त गीतको आवाजमा थापालाइ पुष्पा क्षेत्रीले साथ दिएकी छन् । रुपी सिंजाली र प्रतिमा विक गीतको कोरस आवाजमा रहेकी छन् ।

सुर सधन स्टुडियोमा रेकर्ड गरिएको ‘सिङ्गापुरे लाहुरे’ बोलको तीज गीतको रचना र संगित सन्जय सेर्पालको रहेको छ । तेजेन्द्र दुराको म्युजिक एरेन्ज रहेको गीतको रेकर्ड पनि दुरालेनै गरेका छन् । गीतको साउण्ड मिक्सिङ्ग तेजेन्द्र गुरुङ्गले गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा पुष्पा क्षेत्री र अस्मि विकले अभिनय गरेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्