Hamro Sanchar

हेलिकप्टरबाट उद्धार पछि बच्चा र आमाको ज्यान जोगियो

प्रकाशित : २०८१/५/१९ गते

जाजरकोट

कुशे गाउँपालिका– २ टालेगाउँकी सुत्केरी हुन नसकेकी एक महिलालाइ हेलिकप्टरबाट उद्धार गरेपछि बच्चा र आमाको ज्यान जोगिएको छ । हेलिकप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याएपछि बच्चा र आमाको ज्यान जोगिएको हो ।

सुत्केरी व्यथाले थला परेकी कुशे गाउँपालिका–२ टालेगाउँकी सरिता थापा सिंहलाइ स्वास्थ्य चौकी टालेगाउँले मंगलबार प्रदेश अस्पतालमा रिफर गरेको थियो । रिफर गरिएकी थापा सिंहलाइ स्वास्थ्य चौकीकै सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टरमा उद्धार गरिएको टालेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिए । उद्धार गरे लगतै प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा सरिताको अप्रेशनपछि बच्चा जन्माएको इन्चार्ज बस्नेतले बताए । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य अबस्था भने, सामान्य रहेको छ इन्चार्ज बस्नेतले भने–‘२४ बर्षिय सरिताको पहिलो गर्भ भएको हुनाले उनलाइ गाह्रो भयो, सिमित साधन स्रोतका कारण हामीले स्वास्थ्य चौकीमै उनको बच्चा निकाल्न नसकेर रिफर गरेका थियौं ।’


Tagged
प्रतिकृया दिनुहोस्