Hamro Sanchar

भेरी नगरपालिकाको ८ नम्बर वडा बालमैत्री वडा घोषणा

प्रकाशित : २०८१/५/१९ गते

जाजरकोट
भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ । मंगलबार बिशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।

विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाइ भेरी नगरपालिकाको पहिलो र जिल्लाको छैटौं बालमैत्री वडा घोषणा गरिएको थियो । बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरुमा ९५ प्रतिशत भन्दा बढि प्रतिशत नम्बर हासिल गरेको हुनाले ८ नम्बर वडालाइ नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले भनाइ राखेका थिए । बालमैत्री स्थानीय शासन घोषणा भएको वडाको दीगोपनमा लागि पर्न अधिकृत घर्तीले वडाबासीलाइ आग्रह गरेका थिए ।

बीस बर्ष पहिला, जाजरकोट आउदा भेरी नगरपालिका–८ हुदै ६ को गंगटिया जाने अबसर प्राप्त भएको बताउदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले पूर्वाधार विकास र सामाजिक रुपान्तरणको गतिले नयाँ लय पकेडेको बताए । सामाजिक एकताको बलबाट मात्र विकास, सामाजिक न्याय सहितको सामाजिक रुपान्तरण र सदृद्धि हासिल गर्न सकिने मन्त्री शाहले भनाइ राखेका थिए । बालमैत्री वडा घोषणा भएको भेरी नगरपालिकाको ८ नम्बर वडाको दीगोपनका लागि सामाजिक सदभाव र एकता कायम राखिराख्न मन्त्री शाहले सुजाएका थिए ।

 

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा भेरी नगरपालिकाका अन्य वडाहरुको तुलनामा पछाडी रहेको वडा नं. ८ लाइ एकै पटक ४ नम्बर गेरमा कुदाउने प्रयासका बाबजुद यतिवेला नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको वडा नं. ८ का वडा अध्यक्ष बीर बहादुर चन्दले भनाइ राखेका थिए । डेढ बर्ष पहिला देखि थालिएको अभियानको प्रतिफल अनुरुप यतिवेला बालमैत्री वडा घोषणा भएको अध्यक्ष चन्दले बताएका थिए । बालमैत्री वडा घोषणा अभियानमा वल्र्ड भिजन इन्टरनेश्नल, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट लगाएतका विभिन्न विकास साँझेदार संघ÷संस्थाहरुको साथ र सहयोग रहेको बताउदै वडा अध्यक्ष चन्दले अभियानमा साथ दिने वडाका सबै शिक्षक, विद्यार्थी लगाएत विद्यालय परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह, टोल विकास संस्था, विभिन्न क्लवहरु, वडाका जनप्रतिनीधि, राजनीतिक पार्टीका नेता र आम नागरिक सबैलाइ धन्यवाद दिएका थिए ।

विभिन्न झाँकीहरु प्रदर्शन गरिएको उक्त विशेष सभामा बालमैत्री स्थानीय शासन कर्णाली प्रदेश सदस्य राजेन्द्र विक्रम शाह, भेरी नगर बाल संजाल अध्यक्ष समिरा गौतम, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट अध्यक्ष छवी पन्त, वल्र्ड भिजन इन्टरनेश्नलका प्रतिनीधि नारद मलासी, शिक्षक महासंघ, भेरी नगरपालिका अध्यक्ष रुद्र बहादुर वली लगाएतले बिशेष सभामा शुभकामना मन्तव्य राखेका थिए । ८ नम्बर वडा सचिव शक्ति प्रकाश गोसाइले बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकमा वडाले हासिल गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्लाको पहिलो बालमैत्री वडा छेडागाड नगरपालिका–११ लाइ घोषणा गरिएको थियो भने, दोस्रो वडामा कुशे गाउँपालिकाको वडा नं. १ लाइ घोषणा गरिएको थियो । तेस्रोमा कुशे गाउँपालिकाको वडा नं. ९ लाइ घोषणा गरिएको थियो भने, चौथोमा छेडागाड नगरपालिका–४ लाइ घोषणा गरिएको थियो । पाँचौमा कुशे गाउँपालिकाको वडा नं. ५ लाइ घोषणा गरिएको थियो भने, छैटौमा भेरी नगरपालिकाको वडानं. ८ लाइ घोषणा गरिएको हो ।

बालमैत्री वडा घोषणा कार्यक्रमसंगै वडा कार्यालय भवनको पनि उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले रिभन काटेर वडा कार्यालयको भवन उद्घाटन गरेका थिए । कार्यक्रममा वडा कार्यालय भवन निर्माणको लागि जग्गा दान गर्ने, भवन निर्माणमा सहभागी, बालमैत्री वडा घोषणा अभियानमा सहयोग गर्ने विभिन्न संघ÷संस्था र निकायका व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । सम्मान–पत्र प्रदान गर्नुको साथै फुलमाला, अविर र खाँदा लगाएर सम्मान गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्