Hamro Sanchar

सर्जक गिता गिरीको ‘शिवको शिवानी’ चर्चामा

प्रकाशित : २०८१/५/१९ गते

जाजरकोट
सर्जक गिता गिरीको ‘शिवको शिवानी’ तीज गीत चर्चामा छ । हिन्दु महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा सर्जक गिरीको ‘शिवको शिवानी’ तीज गित चर्चामा आएको हो ।

लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको सर्जक गिरीको ‘शिवको शिवानी’ बोलको तीज गीतले बजार तताएको छ । गाउँदेखि सहरसम्म, होटलका सभाहलदेखि मेलापातसम्म घन्किरहेको सर्जक गिरीको ‘शिवको शिवानी’ ले बजार लिइ रहेको छ ।

जाजरकोटको छेडागाड नगरपालिकामा जन्म घर भएकी सर्जक गिरी विगत केही बर्ष पहिलादेखि निरन्तर गीत सृजनाको काममा क्रियाशिल छन् । गिरीको ‘शिवको शिवानी’ बोलको तीज गीतमा भिडियो रेकर्ड गरेर यतिवेला फेसवुक, टिकटक, इन्ट्राग्राम जस्ता सामाजिक संजालमा पोष्ट गर्नेको प्रतिष्पर्दा भइरहेको छ ।

उक्त गीतलाइ सर्जक गिरीले गिता गिरी युटुव च्यानमा सन् २०२४ जुलाइ २२ मा सार्वजनिक गरेकी छन् । सर्जक गिरीको शव्द रचना रहेको ‘शिवको शिवानी’ मा भद्र वलीको संगित र एरेन्ज रहेको छ भने, मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्