Hamro Sanchar

भुकम्प पीडितलाइ मनोरञ्जन दिन रेडक्रसको आयोजनामा तीज गीत प्रतियोगिता

प्रकाशित : २०८१/५/२० गते

जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । गत कातिक १७ गते रातिको भुकम्पका पीडितहरुलाइ मनोरञ्जन दिन नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।

स्वास्थ्य तथा सरसफाइ प्रबद्र्धनका लागि महिला शसक्तिकरणका बिषयमा केन्द्रित रहेर आयोजना गरिएको खुल्ला तीज गीत प्रतियोगिता मार्फत गत कातिक १७ गते मध्येराति गएको भुकम्पले भत्किएका घरहरुको दृष्यलाइ बिर्साउने प्रयास गरिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाका सभापति हरि बहादुर बस्नेतले बताएका थिए । भुकम्पीय विपदबाट भएको जनधनको क्षेतिको पीडाले दुखेका मनहरुमा तीज गीत प्रतियोगिता मार्फत मनोरञ्जन दिएर मलम लगाउने प्रयास गरिएको सभापति बस्नेतले भनाइ राखेका दिए ।

भुकम्प पीडितहरुको भावना, सोचाइ, बुझाइ र संवेगमा सिथिलता प्रदान गर्न मानव सेवाको क्षेत्रमा क्रियाशल नेपाल रेडक्रस सोसाइटीद्धारा संचालित कर्णाली भुकम्प पुनर्लाभ कार्यक्रमले खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाका कोषाध्यक्ष राजेन्द्र कार्कीले भनाइ राखेका थिए । भेरी नगरपालिकाको वडा नं. १, २ र ३ नम्बरमा विभिन्न मितिमा तीज गीत प्रतियोगिताको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले बिहिबार जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको थियो ।

जिल्ला स्तरीय प्रतियोगितामा प्रतियोगिहरुले गीत र नृत्य गरी दुई वटा विधामा भाग लिएका थिए । खुल्ला तीज गीतमा १४ वटा समुहले भाग लिएका थिए भने, नृत्यमा २० भन्दा बढि समुहले भाग लिएका थिए ।

खुल्ला तीज गीत प्रतियोगितामा भेरी नगरपालिका–३ की विमला रोकायको टीम प्रथम भएको थियो भने, भेनपा–१ को सृजनशिल महिला कृषक समुह द्धितिय भएको थियो । त्यसैगरी भेरी नगरपालिका–१ को शिव सृजनशिल युवा क्लव तृतीय भएको थियो । खुल्ला तीज गीत प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गर्ने टीमलाइ ८ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । द्धितिय स्थान हासिल गर्ने टीमलाइ ६ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी तृतीय स्थान हासिल गर्ने टीमलाइ ४ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी नृत्य प्रतियोगितामा भेरी नगरपालिका–३ ठाँटीकी सिरिशा वलीको टीम प्रथम भएको थियो भने, छेडागाड नगरपालिका–१२ की ममता सिंहको टीम द्धितिय भएको थियो । कुशे गाउँपालिका–९ की सुरक्षा सिंह र करिस्मा खड्काको टीम तृतीय भएको थियो । नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमलाइ २ हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । द्धितिय स्थान हासिल गर्ने टीमलाइ १ हजार ५०० नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी तृतीय स्थान हासिल गर्ने टीमलाइ एक हजार नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।


बुधबार जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा गैरीखालीमा तीज गीत प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतिष्ठानले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा भेरी नगरपालिका र छेडागाड नगरपालिकाका प्रतियोगिहरुले भाग लिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्