Hamro Sanchar

जैविक विविधता संरक्षणमा स्कुले बालबालिकाको चासो

प्रकाशित : २०८१/५/२८ गते

जाजरकोट
बारेकोट गाउँपालिका–८ कोल्लेनीका प्रशान्त सिंह कक्षा १० मा अध्ययनरत बालक हुन् । कक्षा १० को पढाइ पुरा गर्न सिंह जुनी माध्यामिक बिद्यालय नलगाड–५ सिर्केमा दैनिक जाने–आउने गर्दछन् ।

१६ बर्षका प्रशान्त साथीहरुसंग कोल्लेनीबाट सिर्केको विद्यालय तर्फ जादै थिए । कोल्लेनी र सेपुखोलाको बीच बाटोमा प्रशान्तले जीवन कहिल्यै नदेखेको ठुलो सर्प देखे । उनले हतार हतारमा जैविक विविधता संरक्षक तथा वन्यजन्तु खोजकर्ता गोविन्द बहादुर सिंहलाइ फोन गरे । आफ्नै काममा अव्यस्त गोविन्द बहादुर सिंहले प्रशान्तलाइ मोवाइलबाट सर्पको भिडियो रेकर्ड गर्नुको साथै फोटा खिच्न सुजाए ।

खोजकर्ता गोविन्दले दिएको सल्लाह अनुसार प्रशान्तले उक्त मोवाइलमा सर्पको भिडियो रेकर्ड गरे । मोवाइलमा रेकर्ड गरेको भिडियो प्रशान्तले गोविन्दको ह्वाटसवमा पठाइ दिए । प्रशान्तले उक्त सर्पको भिडियो रेकर्ड गरिरहेको देखेर साथीहरु डराए । सबै स्कुले बालबालिका थिए । ढक्क उभिएर प्रशान्तले भिडियो रेकर्ड गरेको देखेर उनका साथीहरु कोलाहल गर्नुको साथै भागदौड गरेका थिए ।

प्रशान्तले ह्वाटसवमा पठाएको भिडियोलाइ खोजकर्ता गोविन्दले जीव विज्ञ करण शाहलाइ ह्वाटसवमै पठाइ दिए । प्रशान्तले रेकर्ड गरेको भिडियोलाइ हेरेर जीव विज्ञ करण शाहले उक्त सर्प ‘किङ कोर्वा’ प्रजातिको भएको पुष्टी गरे । ‘किङ कोर्वा’ लाइ राज गोमन पनि भन्ने गरिएको बताउदै जीव विज्ञ करण शाहले ‘किङ कोर्वा’ संसारकै सबै भन्दा बढि बिषालु सर्प भएको बताए । ‘किङ कोर्वा’ १८ फिटसम्म लम्बाइ भएको हुने बताउदै विज्ञ शाहले नेपालमा १२ फिटसम्म लम्बाइ भएको ‘किङ कोर्वा’ फेला परेको बताए । बारेकोटको कोल्लेनीमा प्रशान्तले भिडियो रेकर्ड गरेको ‘किङ कोर्वा’ ९ फिटसम्म लम्बाइ भएको हुन सक्ने अनुमान गरिएको विज्ञ शाहले बताए ।

प्रशान्तले ‘किङ कोर्वा’ को भिडियो रेकर्ड गरिएको स्थानको उचाइ समुन्द्री सहतबाट १६६५ मिटर उचाइ रहेको खोजकर्ता गोविन्द बहादुर सिंहले बताए ।

जमिनमा झरेका पातपतिङगर जम्मा गरेर जमिनमा गुढ लगाएर अण्डा पारेर ‘किङ कोर्वा’ ले ३० देखि ४० दिनसम्म अण्डालाइ ओथारो दिने गर्दछ विज्ञ शाहले भने–‘बच्चा कोरल्नु भन्दा १०–१२ दिन पहिला ‘किङ कोर्वा’ ले आफ्नो गुँढ छोडेर भाग्ने गर्दछ ।’

‘किङ कोर्वा’ ले सर्प र गोहोराको आहारा गर्ने बताउदै विज्ञ शाहले अन्य सर्पहरुको संख्या घटाउन ‘किङ कोर्वा’ सर्पको महत्वपूर्ण भुमिका रहने बताए । नेपालमा ‘किङ कोर्वा’ को टोकाइबाट अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताउदै विज्ञ शाहले ‘किङ कोर्वा’ कै कारण अन्य प्रजातिका विसालु सर्पको संख्या घट्ने बताए ।

४ फिट जमिन भन्दा माथि टाउको उचालेर हिड्न सक्ने ‘किङ कोर्वा’ को संख्या प्रकृतिमै कम भएको भएको विज्ञ शाहले बताए । मुसाको आहार गर्ने भएको हुदा सर्प कृषि पेशामा रहेका किसानहरुको लागि साथि जस्तै भएको बताउदै विज्ञ शाहले पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गर्न सर्प लगाएतका विभिन्न जीवजन्तुहरुको संरक्षण आबश्यक रहेको बताए ।


Tagged
प्रतिकृया दिनुहोस्