Hamro Sanchar

रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न

प्रकाशित : २०८१/५/२९ गते

कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी
जाजरकोट
रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील पत्रकारिता सम्बधि ९ बुँदे चौरजहारी आचारसंहिता जारी गरिएको छ ।

कार्यशाला प्रशिक्षणमा जिम्मेवार पत्रकारिता गर्दा विभिन्न जातिय तथा धार्मिक समुदायको साँस्कृतिक, धार्मिक तथा सामाजिक संवेदनशीलतालाइ बुझ्नुको साथै सम्मान गर्नुपर्नेमा मुख्य प्रशिक्षक लक्ष्मणदत्त पन्तले जोड दिएका थिए । जिम्मेवार पत्रकारले तथ्यमा आधारित सत्य रिर्पोटिङ्ग गर्नुपर्ने, पूर्वाग्रह र पक्षपातीपन हटाउनुपर्ने, दिगो शान्ति र सामाजिक न्याय प्रवद्र्धन गर्नुपर्ने, पत्रकारले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने विषयमा केन्द्रित रहेर प्रशिक्षक पन्तले प्रशिक्षण दिएका थिए ।

मानव समुदायमा जातिय, धार्मिक, आर्थिक, राजनीतिक तथा सामाजिक साँस्कृतिक द्धन्दहरु हुने गरेको बताउदै प्रशिक्षक कमलदेव भट्टराइले धार्मिक भेदभाव, धार्मिक कट्टरपन्थी, मन्दीर र मस्जित विवाद, धार्मिक अधिकारको उल्लंघन हुने गरेको बताएका थिए । समाजमा जातिय भेदभाव, जातिय हिंसा, जातिय असमानताहरु हुने गरेको बताउदै प्रशिक्षक भट्टराइले लैङ्गिक असमानता, शिक्षा, स्वास्थ्यको पहुँच, समावेशिता जस्ता सवालहरुमा पनि द्धन्द हुने गरेको बताएका थिए । रोजगारीको अबसरमा असमानता, स्रोत वितरणमा असमानता हुने गरेको बताउदै प्रशिक्षक भट्टराइले संस्कृतिक एकता र विविधताको संरक्षण र परम्परागत भाषा प्रयोगका विषयमा पनि पत्रकारले ध्यान दिन आबश्यक रहेको बताएका थिए । शक्ति संघर्ष, राजनीतिक अस्थिरता, भ्रष्टाचारका विषयमा समाचार सम्प्रेशन गर्दा द्धन्द–संवेदनशील पत्रकारिताको सिद्धान्तलाइ अबलम्बन गर्नुपर्नेमा प्रशिक्षक भट्टराइले जोड दिएका थिए ।

व्यवसायिक तथा जिम्मेवार पत्रकारले सही जानकारी तथा सुचना संकलन गर्न, परिस्थितिलाइ सही तरिकाले बुझ्न, निष्पक्षता र बस्तुपरकता कायम गर्न, समाजमा सकारात्मक प्रभाव छोड्नुको साथै सहानुभुति र इज्जत कमाउनलाइ द्धन्द–संवेदनशील पत्रकारिता तालिम आबश्यक रहेको मिडिया एक्सन नेपादका अध्यक्ष पन्तले भनाइ राखेका थिए । अध्यक्ष पन्तले बस्तुनिष्ठता र निष्पक्षता, समाजको विवेचनात्मक विश्लेषण, संवेदनशीलता र विचारशीलता, समाधानमुखी दृष्टिकोण, समाचारको नैतिक दायित्व तथा जिम्मेवारी, आबश्यकता र समाचारको विवेचना, स्रोतको जाँच र पुष्टी गर्ने विषयनै द्धन्द–संवेदनशील पत्रकारिताका सिद्धान्तहरु भएको बताएका थिए ।

उक्त कार्यशाला प्रशिक्षणमा मिडिया एक्सन नेपाल कर्णाली प्रदेश अध्यक्ष ललित बुढाले पत्रकार आचारसंहिता, द्धन्द–संवेदनशील पत्रकारिता आचारसंहिता र कर्णाली प्रदेशमा देखिएका समस्याका विषयमा सहभागीहरुलाइ प्रशिक्षण दिएका थिए ।

मिडिया एक्सन नेपालको आयोजनामा रुकुमपश्चिमको चौरजहारीमा बिहिबारदेखि सुरु भएको द्धन्द–संवेदनशीलता सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सुक्रबार सम्पन्न भएको थियो । जाजरकोट, रुकुमपश्चिम, सल्यान र डोल्पा कार्यरत चार जिल्लाका २० जना पत्रकार सहभागी रहेको कार्यशाला प्रशिक्षणबाट पत्रकारले तयार पारेको पाठ्यसमाग्रीबाट समग्र कर्णालीमा खाद्य संकट पैदा गर्न नहुने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठनागरिकका सवालमा सम्बेदनशील बन्नुपर्ने, जातिय, धार्मिक, भाषिक र साँस्कृतिक संवेदनशीलतामा गम्भीर बन्नुपर्ने, आर्थिक तथा राजनीतिक द्धन्दलाइ सन्तुलित गर्नुपर्ने, सिमा विवाद, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको रिर्पोटिङ्गमा सावधानि अपनाउनुपर्ने लगाएतका विषयमा केन्द्रित रहेर ९ बुँदे चौरजहारी आचारसंहिता जारी गरिएको थियो ।

नेपालको पत्रकारितालाइ सुधार गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मिडिया एक्सन नेपालले मोफसलका पत्रकारहरु क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम संचालन गर्नुको साथै पत्रकारको रुची र क्षमता हेरेर द्धन्द–संवेदनशीलता सम्बन्धि फेलोसिपहरु दिदै जाने योजना रहेको अध्यक्ष पन्तले जानकारी दिएका छन् । उक्त कार्यशाखा प्रशिक्षणका मुख्य प्रशिक्षक मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त रहेका थिए भने, दि अन्नपूर्ण एक्सप्रेस अंग्रेजी दैनिकका सम्पादक कमलदेव भट्टराइ प्रशिक्षक रहेका थिए । मिडिया उक्सन नेपाल कर्णाली प्रदेश अध्यक्ष ललित बुढाले कार्यशाला प्रशिक्षण कार्यक्रमको सहजीकरण गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्