Hamro Sanchar

अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक जनाको मृत्यु

प्रकाशित : २०८१/५/२९ गते

जाजरकोट
अरिङ्गालको टोकाइबाट बारेकोट गाउँपालिका–५ पाखा निबासी पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागि नगर अस्पताल दल्ली पु¥याएपछि मृत्यु भएको हो ।

सुक्रबार राति १० बजे आफ्नै घरको पुर्वतिर ३०० मिटर टाढाको दुरीमा रहेको रुखको अरिङ्गाललाइ पोल्न गएपछि ४२ बर्षिय शाहीलाइ टोकेर गम्भीर घाइते बनाएको थियो ।

अरिङ्गगालले टोकेर शाही घाइते भएको सुचना प्रहिरीलाइ सनिबार दिउसो १ बजेतिर दिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । शाही घाइते भएको खबर पाएपछि प्रहरी नायव निरिक्षक अम्मर बहादुर थापाको कमाण्डमा ४ जना प्रहरी टोली घरमै पुगेका थिए । उपचारको लागि नेपाल प्रहरी र स्थानीय युवाहरुको टोलीले स्ट्रेचरमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा पु¥याएका थिए । लिम्सामा उपचार सम्भव नभएपछि घाइते शाहीलाइ बेलुका साढे ६ बजे नगर अस्पताल दल्लीमा पु¥याएका थिए । नगर अस्पताल दल्लीमा कार्यरत चिकित्सकले बेलुका साढे ६ बजे शाहीको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्