News Portal

अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारीको सहयोग

४२८ पटक

नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले २२ हजार ५ सय सहयोग गरेको हो ।

अखिल क्रान्तिकारी, जाजरकोटले गरेको आर्थिक सहयोगबाट स्वास्थ्य सेवा कार्यालयले रिफिलिङ्ग गरेका ३० वटा अक्सिजन सिलिण्डरलाई मंगलबार हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टिकाराम जैसीलाई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रेम शाहीले सिलिण्डर हस्तान्तरण गरेका थिए ।

सिलिण्डर हस्तान्तरण कार्यक्रममा अखिल क्रान्तिकारीका केस प्रेम शाही, जाजरकोट अध्यक्ष विराजन शाही लगाएत अखिल क्रान्तिकारीका अन्य नेताहरु पनि सहभागी भएका थिए ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरले जाजरकोट जिल्लाका तमाम नागरिकहरुलाई आक्रान्त बनाएको बताउदै केस शाहीले अहिलेको यस जटिल अबस्थामा संक्रमित विरामीहरुको उपचारलाई सहज बनाउन अखिल क्रान्तिकारीले, जाजरकोट स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेको बताए ।

यस्तो अवस्थाका अक्सिजन अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भनी स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रहेका तीस वटा अक्सिजन सिलिण्डर भरिएको अध्यक्ष शाहीले बताए । अहिले जाजरकोटमा कोरोना दोस्रो लहरले सताईरेको छ ।

अखिल क्रान्तिकारी शैक्षिक परिवर्तनको लागि मात्र आन्दोलन गर्ने संगन नभएर देशको व्यवस्था परिवर्त र विकास लागि आन्दोन गर्ने, जनताको अबस्था परिवर्तनको माग राख्ने संगठन भएको जानकारी दिदै अखिल क्रान्तिकारी, जाजरकोट अध्यक्ष शाहीले जनताको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेको भनाई राखेका थिए ।

कोरोना भाईरसको संक्रमणले विश्व मानव जातिमै नयाँ संकट पैदा गरेको बताउदै स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले जटिल अवस्थामा कार्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिदै अखिल क्रान्तिकारी, जाजरकोटलाई लिखित रुपमै धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्