आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न भेरी नगरपालिकामा खुल्ला सम्वाद

प्रकाशित : २०८१/६/१७ गते

जाजरकोट
भेरी नगरपालिकामा सरोकारवाला र स्थानीय सरकार बीच बुधबार खुल्ला सम्वाद गरिएको छ । गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको हो ।

नगरपालिकाको आयोजनामा संचालित खुल्ला सम्वाद कार्यक्रमको सहजीकरण केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले संचालन गरेको ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको थियो । खुल्ला सम्वाद कार्यक्रमका सहभागीलाइ खाजाको व्यवस्थापन नगरपालिकाले गरेको थियो भने, अन्य व्यवस्थापन ‘बालिका सशक्तिकरण’ परियोजनाले गरेको थियो । बाग्यश्वरी असल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको खुल्ला सम्वाद कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा र स्वास्थ्य शाखा प्रमुख र बाल कल्याण अधिकारीले ६ बुँदे साँझा सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गरिएको साँझा सार्वजनिक प्रतिवद्धतामा भुकम्पले क्षेतिग्रष्त विद्यालय भवन तथा शौचालयहरुको विभिन्न विकास साँझेदार निकायसंगको समन्वयमा पुर्ननिर्माण गर्ने, शिक्षण सिकाइलाइ प्रभावकारी बनाउन स्थानीय पाठ्यक्रम निर्माण गर्ने, बिषयगत शिक्षकको पदपुर्ति गर्ने, पठनपाठनमा बाधा नपुग्नेगरी विद्यालयमा मोवाइल प्रयोगलाइ व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
आबश्यकता र मागका आधारमा शिक्षकलाइ तालिम दिने, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि उपचारात्मक शिक्षालाइ विस्तार गर्ने, पालिका स्तरमा स्काउटको संरचनाको विकास र विस्तार गर्नुको साथै शैक्षिक तथा विद्यालय प्रोफाइल निर्माण गरी प्रकाशन गर्ने साँझा सार्वजनिक प्रतिवद्धतामा भनिएको छ–गुणस्तरीय शिक्षाका लागि लागुऔषध दुव्र्यसनी, बाल बिबाह, घरेलु हिंसा विरुद्ध विद्यालय, स्थानीय तह र नेपाल प्रहरी बीच साँझेदारी कार्यक्रम संचालन गर्ने, अनिवार्य तथा निशुल्क शिक्षाको नीतिलाइ प्रभावकारी बनाउन शिक्षा शाखाबाट नियमन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

भेरी नगरपालिका भित्रका १८ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, बाल क्लवका प्रतिनीधि सहभागी रहेको खुल्ला सम्वाद कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासामुलक सवालहरु उठाएका थिए भने, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, उपप्रमुख सिता जैसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, नगर शिक्षा शाखा प्रमुख अमृत पुन, नगर स्वास्थ्य शाखा प्रमुख दिपक वली र बाल कल्याण अधिकारी सन्तोष पुनले उठेका सवालहरुको जवाफ दिएका थिए ।

सार्वजनिक निकायको जवाफदेहिता प्रवद्र्धन गर्न खुल्ला शैक्षिक सम्वादको आयोजना गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहको भनाइ रहेको थियो । सार्वजनिक निकायलाइ लक्षित वर्गप्रति जवाफदेही बनाउनुको साथै पारदर्शी भएको लक्षित वर्गलाइ बोध गराउन सार्वजनिक सुनुवाइ तथा खुल्ला सम्वादको आयोजना गरिएको अध्यक्ष शाहले बताएका थिए । खुल्ला सम्वाद कार्यक्रममा ९० जना भन्दा बढिको सहभागिता रहेको ‘बालिका सशक्तिकरण’ परियोजनाको कार्यक्रम संयोजक निर्मला थापाले जानकारी दिएकी छन् ।


Tagged
प्रतिकृया दिनुहोस्