आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहाडी क्षेत्र विकास अभियानको बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित : २०८१/६/१८ गते

जाजरकोट
पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको १८ औं बार्षिक साधारण सभा सुक्रबार आरआर होटलको सभाहलमा सम्पन्न भएको हो ।

पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहको अध्यक्षतामा आयोजित १८ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्री रहेका थिए । उक्त साधारण सभामा पहाडी क्षेत्र विकास अभियानका महासचिव राजु केसीले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने, कोषाअध्यक्ष दीपनारणय कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हाल जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र दैलेख जिल्लामा विभिन्न परियोजना संचालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले बार्षिक रुपमा संचालन गरिरहेका कार्यक्रमको जानकारी कार्यक्रम संयोजक भीम केसीले गराएका थिए । ११२ जना होलटाइम्बर कर्मचारी कार्यरत पहाडी क्षेत्र विकास अभियानले बार्षिक साधारण सभामा लेखा तथा प्रशासन अधिकृत पवित्रा थापा, कार्यक्रम संयोजक रत्न डाँगी, लोक बोहरा, लेखा व्यवस्थापक झलक मल्ललाइ अविर, माला र खाँदा लगाउनुको साथै सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

कार्यकारी निर्देशक रण बहादुर कार्कीले संचालन गरेको बार्षिक साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, उपप्रमुख दल बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाह, नेकपा (एमाले), जाजरकोट सचिव गोपाल नेपाली, नेपाल पत्रकार महासंघका अध्यक्ष बाल कुमार शर्मा, गैर सरकारी संस्था महासंघका अध्यक्ष सहदेव बस्नेत, युवा जागरण विकास केन्द्र (यार्सन) नेपालका अध्यक्ष अमरसिंह राठौंर, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष खम्ब जंग शाहले सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

निमन्त्रणालाइ स्वीकार गरी साधारण सभाको गरिमालाइ बढाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष शाहले सभामा सहभागी अतिथि पाहुनाहरुप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए भने, सभा सफल बनाउन अहोरात्र खट्ने कर्मचारी तथा प्रतिनीधिलाई धन्यवाद दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्