News Portal

प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

३७५ पटक

जाजरकोट
प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । पदस्थापन भएको चार महिना पुरा हुन नपाउदै गृहमन्त्रालयले बिहिबार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाइ गृहमन्त्रालयमा सरुवा गरेपछि जिल्लाका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका हुन् ।

जिल्लामा रहने नेपाल सरकारको आधिकारिक प्रतिनीधि प्रमुख जिल्ला अधिकारीलाइ चार–चार महिनामा गृहमन्त्रालयबाट गरिने सरुवाको बिषयलाइ लिएर आइतबार जिल्लाका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । भुकम्पले क्षेतिग्रष्त भएको जाजरकोट जिल्लाको पुर्ननिर्माण, विकास निर्माण र नागरिक सेवा प्रवाहमा प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भुमिका रहने नागरिक संस्थाहरुले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१५७ जनाको ज्यान लिनुको साथै ३०० जना भन्दा बढि नागरिक घाइते हुनेगरी गत बर्षको कातिक १७ गते मध्येराति गएको भुकम्पको पराकम्पनले जाजरकोट जिल्लाका ४२ हजार भन्दा बढि घरपरिवारलाइ घरबास बिहिन बनाएको बिषयलाइ विज्ञप्तीमा संकेत गरिएको छ । भुकम्पको पराकम्पनबाट घरबास बिहिन भएका नागरिकहरु एक बर्षको समय वितिसक्दा पनि टिनको छाना मुनी बस्न बाध्य भएको उल्लेख गर्दै बिज्ञप्तीमा अस्थायी आबासको दोस्रो किस्ता पाउन नसकेको बिषयलाइ जोड दिइएको छ ।

चार महिना पहिला पदस्थापन भएका प्रजिअ अधिकारीले भुकम्पले चिरा–चिरा भएको जाजरकोट जिल्लाको पुर्ननिर्माण, विकास निर्माण र नागरिक सेवा प्रवाहमा राजनीतिक दल, जनप्रतिनीधि, स्थानीय तह, संघ र प्रदेशका विषयगत कार्यालयहरुसंगको समन्वय र सहकार्यमा महत्वपूर्ण भुमिका खेलेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लामा कार्यरत प्रजिअलाइ चार–चार महिनामा सरुवा गरिने कार्यले जाजरकोट जिल्लाको पुर्ननिर्माण, विकास निर्माण र नागरिक सेवा प्रवाह प्रभावकारी हुन नसक्ने बिषयमा विज्ञप्ती मार्फत दावी गरिएको छ ।

चार–चार महिनामा प्रजिअको सरुवा भैरहनु, जिल्लाकै नागरिक प्रजिअ भएर पदस्थापन हुदा पुरापुर अबधि बसाल्न नसक्नुमा जिल्लाका जनप्रतिनीधिहरुको पनि कमजोरी रहेको प्रकाशित विज्ञप्तीमा चर्चा गरिएको छ । प्रकाशित विज्ञप्तीमा प्रजिअले जिल्लामा कम्तिमा एक बर्ष (कार्यसम्पादनको समायवाधि) सम्म बस्न पाउने वातावरण सृजना गर्नुको साथै जिल्लाको पुर्ननिर्माण, विकास निमार्णसंगै नागरिक सेवा प्रवाहमा सरकार संवेदनशिल बन्न विज्ञप्ती मार्फत जोडदार माग गरिएको छ ।

प्रकाशित नागरिक संस्थाहरुको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बालकुमार शर्मा, गैसस महासंघ अध्यक्ष सहदेव बस्नेत, एम्नेष्टि इन्टरनेशनल संयोजक खम्ब जंग शाह, निर्माण व्यवसायी संघ अध्यक्ष रण बहादुर कार्की, इन्सेक प्रतिनीधि बासुदेव शर्मा, उद्योग बाणिज्य संघका सचिव सुर्य रोकायले हस्ताक्षर गरेका छन् ।

जाजरकोट जिल्लामा एक बर्षको समयमा तीन जना प्रमुख जिल्ला अधिकारी सरुवा भएको छ । २०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसैगरी २०८० चैत ११ मा पदस्थापन भएका प्रजिअ ऋषिराज आचार्यको २०८१ असार ६ गते सरुवा भएको थियो । २०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको गृहमन्त्रालयले २०८१ कातिक ८ गते सरुवा गरेको छ । जाजरकोट जिल्लामा हालका लागि गृहमन्त्रालयले मेख बहादुर मग्रातिलाइ सरुवा गरेको छ । मग्राति यो भन्दा पहिला सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिकृया दिनुहोस्