Hamro Sanchar

नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

प्रकाशित : २०८१/७/१३ गते

देवका लामिछाने (सोभा)
नलगाड नगरपालिका–५, जाजरकोट
घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसकेकी थिए । जनता मावि रागेचौरको मुल एकाइ कमिटी सदस्य हुदै जनमोर्चा नेपालका विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने गरेकी थिए ।

२०५३ सालमै नेकपा (माओवादी) पार्टीको सदस्यता प्राप्त गरेता पनि २०५३ सालमै भुमिगत भएकी थिइन् । २०५४ सालमा सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोट जिल्ला सम्मेलनबाट जिल्लाको उपाध्यक्ष निर्वाचित भएकी थिए । अर्ध–भुमिगत रुपमा पार्टी संगठनका काम गर्दा गर्दै अनेमसंघ (क्रान्तिकारी) जाजरकोट जिल्लाको अध्यक्ष पदको जिम्मेवारी प्राप्त गरेकी थिए ।

फटाहहरुको सुराकी, तत्कालिन प्रहरी दमन कारण १ बर्षको बच्चासंग भुमिगत हुन बाध्य भएकी थिए । एक बर्षको बच्चा काँखमा च्यापेर, भोक, प्यासै, घामपानी, कष्टपूर्ण जंगलको बसाइ, कयौ दिनको भोक र अनिदोलाइ पार गर्दै, जगतिपुर हुदै छिप्रेना गाउँमा पुगेकी थिए । मेरा लागि त्यस गाउँका सबै अनुहार अपरिचित थिए । यो भन्दा पहिला कहिल्यै नपुगेको गाउँ (छिप्रेना) का महिला दिदीबहिनीसंग १ बर्षको बच्चा (छोरी) लाइ जिम्मा लगाएर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । ‘बाँचे पालीदिनु, मरे फालीदिनु’ भनेर अपरिचित महिला दिदीबहिनीसंग छोरी जिम्मा लगाएर भुमिगत भएको सम्झनाले भक्खरैको घटना जस्तो भएर आउने गर्दछ । भुमिगत राजनीतिमा पूर्णकालिन भएका आमा, बाबाको नाबालिका छोरीको पालन पोषण गर्ने अदम्यता प्रदर्शन गर्ने तत्कालिन छिप्रेनाका महिला दिदीबहिनीप्रति सधैभरी मेरो उच्च सम्मान रही रहने छ ।

मातृ स्नेहीताको प्यासमा छटपटाइ रहेकी छोरीको चित्कारको पीडालाइ सहन नसकेर चर्को प्रहरी दमनको कुनै प्रवाह नगरी शहिद आदरणिय दिदी ममता आचार्य (सुस्मा) ले आफ्नो घर जगतिपुरमा लिएर जीवनभर कहिल्यै भुल्न नसकिने छोरीलाइ माया, ममता र अविभावकत्व प्रदान गर्नु भएको थियो । आदरणिय शहिद दिदी सुस्माप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरिरहने छु । यो देशको राजनीतिक व्यवस्था परिवर्तनका लागि आदरणिय शहिद दिदी सुस्माले देखाउनु भएको बाटोलाइ कहिल्यै नभुल्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

महिला मुक्तिको अधिकार सहित, देशको आमुल परिवर्तन र वर्गिय मुक्तिका लागि भुमिगत राजनीतिमा पूर्णकालिन हुने वेलामा हामीले खाएका कसम र गरेका बाँचाहरुले हालसम्म मलाइ राजनीतिक रुपमा स्पातिलो बनिरहने प्रेरणाका स्रोत बनेका छन् ।

तत्कालिन सरकारले संचालन गरेका रोमियो, कुलो शेरा टु जस्ता विभिन्न दमनकारी अप्रेशनहरुको सामाना गर्दै २०५६ सालमा सम्पन्न अनेमसंघ (क्रान्तिकारी), जाजरकोटको जिल्ला सम्मेलनबाट पुनः जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी थिए । २०५७ सालमा पार्टी जिम्मेवारी सहित डोल्पा जिल्लामा सरुवा भए । डोल्पा जिल्लाको पार्टी सचिवालय सदस्य भएर एरिया इन्चार्जको जिम्मेवारी सहित विभिन्न भुगोलको साँगठनिक जिम्मेवारी पुरा गरेकि थिए ।

पार्टीको साँगठनिक जिम्मेवारी सहितको दुइ बर्ष डोल्पाको कार्यकाल पुरा गरेर २०५९ सालमा जाजरकोटको मोडेल जिल्लामा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला अध्यक्षको जिम्मेवारी समालेकि थिए । तत्पश्चात अनेमसंघ (क्रान्तिकारी) को क्षेत्रिय तथा उपक्षेत्रिय व्युरो सदस्य तथा सचिवालय सदस्य हुदै केन्द्रिय सदस्यको जिम्मेवारी समाल्ने अबसरहरु प्राप्त भएका थिए ।

बाँके, बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत जिल्लाका केही भुगोलहरु मिलाएर पार्टीले निर्माण गरेको संरचना अनुसार विशेष जिल्लामा पार्टी जिम्मेवारी सहित २०६० सालमा सरुवा भएकी थिए । विशेष जिल्लाको पार्टी सचिवालय सदस्य भएर कमान ईन्चार्जको जिम्मेवारी समालेकी थिए । जनयुद्धकालिन समयमा पार्टीले संचालन गरेका विभिन्न अभियानहरुमा कैलाली, कञ्चनपुर, दोधारा, चाँदनी, अछाम, डोटी, जुम्ला, कालिकोट, रुकुम, रोल्पा, सल्यान लगाएतका थुप्रै जिल्लामा पुगेर राजनीतिक तथा साँगठनिक काम गर्ने अबसर प्राप्त हुनुले राजनीतिक रुपमा परिपक्क बनाएको मैले अनुभुति गरेकी छु ।

२०६२ सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसारको जिम्मेवारी समाल्दै वटालियन कमिसारको जिम्मेवारीले फौजी अनुभव हासिल गराएको थियो । ढाडमा टेकेर टाउकोमा हान्ने अभियान अन्तरगतका थुप्रै सैन्य कार्वाहीहरुमा सहभागी हुने अबसर प्राप्त भएको थियो । पाल्पा दरबार, तीनगिरे, सुनवल, स्याङजा, कपिलवस्तुको तौलिहवा, बाँकेको कुसुम, खैरीखोला, डोल्पाको दुनै लगाएतका सैन्य मोर्चाहरुमा सहभागी हुने अबसर प्राप्त भएको थियो । २०६३ सालमा पार्टी संगठनको जिम्मेवारी सहित वाइसिएल नेपालमा कार्यरत हुने अबसर पनि प्राप्त भएको थियो ।

२०६४ सालमा बाँकेको नेपालगञ्जमा संचालित रेडियो जनआवाजको समाचार बाचिका बनेर पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने अबसरले समाजलाइ खुल्ला रुपमा अध्ययन गर्ने अबसर प्राप्त भएको थियो । नेपाल पत्रकार महासंघ, जाजरकोटको साधारण सदस्य हुदै कर्णाली प्रदेश सदस्य, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी समाल्ने अबसर प्राप्त भयो ।

हाल म अनेमसंघ (क्रान्तिकारी) कर्णाली प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिक तथा साँगठनिक र विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी छु । तत्कालिन सल्यान जिल्लाको सुवीकोट गाविस वडानं. ४, हालको कुमाख गाउँपालिका वडानं. १ निकासी बुवा नवराज शर्मा र आमा विन्दुदेवी शर्माको कोखबाट २०३४ साल असार ५ गते जन्मिएकी हौं । शिक्षण पेशामा रहेका बुवा नवराज शर्माको जेठी छोरी मैले जनता मावि रागेचौरबाट एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेर राजनीतिमा पूर्णकालिन भएकी थिए । मेरा श्रीमान, श्रीमति दुर्व जना युद्धकालिन समयदेखिनै सक्रिय राजनीतिमा रहेका छौं । छोरी सपना शर्मा सरकारी सेवामा कार्यरत छन भने, छोरा सयान शर्मा मावि स्तरणको पढाइलाइ निरन्तरता दिइ रहेका छन् ।
धन्यवाद ।

प्रतिकृया दिनुहोस्