आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाड नगर नगरपालिकाको पहिचान र उपनिर्वाचनमा देवका लामिछाने (सोभा)

प्रकाशित : २०८१/७/३० गते

–टक बहादुर घर्ती (मुनाल)

गत (२०७९) निर्वाचनमा गठबन्धनबाट मेयरमा डम्वर रावत नविन र उप–मेयरमा सरिता सिहं दुवै जनालाई नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट भारी बहुमतले निर्वाचित गरेका थियौं । दुखःद घटना । २०८० साल कार्तिक १७ गते मध्ये राति निर्वाचित पश्चात डेढ बर्ष बित्न नपाउदै बिनासकारी जाजरकोट भुकुम्पले नलगाड नगरपालिका उपमेयर सरिता सिंह सहित १५७ जनाले जिवन देहदान गर्नु पर्यो ।

यो उपनिर्वाचन विविध घटणनाक्रम मध्येको एक सम्झना लायक अविस्मरणिय क्षण बनेर आयो । नलगाडबासीको तर्फबाट उपमेयर सरिता सिंह लगायत जिवन गुमाउनुहुने सबै प्रति हार्दिक श्रद्वाञ्जली ब्यक्त गर्दछौं । भुकुम्पबाट ३५७ जना घाईते जाजरकोट बासीप्रति सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

आबास विहिन हजारौं परिवारले सहज जीवन यापनको माग गर्दै बितेका दुखःद दिनहरुसँगै स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ७१ ले दिएको अधिकार अनुसार उपनिर्वाचनको अभियानमा हामी फेरी लामबद्व भएका छौं । उपनिर्वाचनमा उप–प्रमुख पदको लागि मुख्य तीन दलका उम्मेदवार प्रतिष्पर्धी नामहरु सहित चुनावी मैदानमा उम्मेदवारहरु होमिएका छन ।

ती हुन्–एक नम्बरमा नेकपा (माओवादी केन्द्र) बाट क. देवका लामिछाने (शोभा) हुन भने, दुइ नम्बरमा नेपाली काँग्रेसबाट इन्द्रा चन्द (सिंह) र तीन नम्बरमा नेकपा एमालेबाट सुनिता बोहरा । नेकपा (माओवादी केन्द्र) उम्मेदवार बलियो र चर्चाको शिखरमा रहनुभएकी कमरेड देवका लामिछाने (सोभा) को बारेमा संप्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

छिमेकी जिल्ला सल्यानको तत्कालिन स्वीकोट गाविस वडा न–४ हाल कुमाख गाउँपालिका वडा न. १ मा २०३४ साल बुवा नवराज शर्मा र आमा बिन्दुदेवी शर्माको कोखबाट जन्मनुभएकी जेठी सुपुत्री देवका लामिछाने (सोभा) मध्यम ब्राहमण परिवार भित्र हुर्केकी, जनता माध्यामिक विद्यालय रागेचौरबाट एसएलसी सम्मको आौपचारिक शिक्षा हासिल गरेपछि जाजरकोट जिल्ला तत्कालिन लहँ गाविस वडा न.४ हाल नलगाड नपा ५ निबासी ईन्द्रप्रसाद शर्मासँग २०५० साल माघ १० गते बैवाहिक सम्वन्धमा बाँधिनु भएको थियो । बिबाह पश्चात क. दवकाले लँह गाविस वडा न. ४ को रगुनाथ प्राविमा शिक्षण गररहनु भएको थियो । देवका लामिछाने समाजको गरिबी, अशिक्षा, अविकास लाएत बेथिति, बिकृति, बिसंगती, जातीय तथा लैङ्गिक हिंसा तथा भेदभावका बिरुद्व बोल्दाबोल्दै आफ्नो श्रीमानलाई झुट्टा मुद्वा लगाएर श्रीमान ईन्द्र प्र. शर्मा (प्रशान्त) २०५२ सालमा भुमिगत भएपछि तत्कालिन राज्य पक्ष (पुलिस) द्वारा भएको दमन, हत्या र गिरफ्तारी, आतंकको बीचमा पनि शिक्षण पेशा गर्दा गर्दै पहिलो सन्तान २०५३ जेठ २९ गते जन्मिनुभएकी सपना शर्माको स्याहार सम्हार गरि घर गुजारा चलाउनु पर्ने अबस्था आएको थियो । जीवन–मरणको संघर्षमा होमिनु भएका श्रीमान ईन्द्र प्रसाद शर्माको जीवन पत्नी भनेर दिनानुदिन मानसिक र भौतिक यातना पाउनुको साथै गम्राघाट प्रहरी चौकी दल्लीमा तारिख बदल्नु दैनिकी बन्न पुग्यो ।

जरजरपुर्ण अवश्था बेहोर्नु भन्दा “बाँचे मुक्ति, मरे मृत्यु” नै बेस होला भनेर २०५३÷०५४ देखिनै अर्ध तथा पुर्णकालिन रुपमा भुमिगत भएपछि देवका लामिछानेको नाम कमरेड सोभा भनेर परिवर्तन भएको हो । देश र जन्ताका मुद्वा लियर गाँउ–गाऊँ बस्ती बस्ती र आमा बाबा दाजुभाई दिदी बहिनीहरुका सुख, दुखमा सरिक भएकी कमरेड सोभाले बर्ष दिनको दुधे बच्चालाइ साथमा लियर राजतन्त्रको मलामी र गणतन्त्रको जन्ती बन्न आम जनतालाइ आह्वान गर्न लाग्नु भएको थियो । उहाँ नपुगेका कर्णाली र जाजरकोटमा सायद नगन्य बस्तीहरु मत्र बाँकी छन । जब ग्रामीण बस्तीहरु जाग्न थाले, थुप्रै सोभाहरुका स्वभावले पार्टीको नीति, योजनाहरु कार्यन्वयन गर्दा अन्याय र अत्याचारले सिमा पार गरेका गाँउका जाली, फटाहहरु आतंकित हुदै शहर, मुकामहरुमा भाग्न थाले । सामन्तिहरुको राज सकिन थाल्यो । संघर्षले चरम रुप लियो । सोभाले आफ्नै आँगन छेउमा २०५२ फाल्गुन १४ मा दल्ली ईलाका प्रहरी चौकीद्वारा हत्कडी लगाएर हत्या गरि नलगाड नदिमा रगत बगाउनु हुने प्रथम शहिद मान बहादु रावल र वलीको वलिदान प्रत्यक्ष देख्नु भएको छ ।

सोभा बहादुरीपूर्ण लडाइ लड्ने मुक्ति र मृत्युको कसम खाएर जनताका पक्षमा युद्व मैदानमा होमिएका कमाण्डर कमरेड जीत, कमल, रेशम, राजेन्द्र, छलाङ्ग, राजन, नरेश, रचना, भरत लगायत बीरगति प्राप्त गर्नु हुने ति जनमुक्ति सेनाको कुशल ब्यवस्थापक बनिन । पिठ्युमा झोला र कम्मरमा ग्रिनेट (बम) भिरेर, बच्चा अगाँलो हालेर अभियानमा हिनेकी देवका जनताको आँखाको नानी र वर्ग बैरीका लागि कसिङ्गरनै हुनु हुन्थ्यो । लामो ग्रामीण राजनीतिक संघर्ष पश्चात कुनै पनि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिदैं आफ्नो दृढ लक्ष्य लिएर शहिदका सपनाहरुलाइ पुरा गर्न लागि पर्नु भयो । मृत्यु रोजेकी कमरेड सोभाका अगाडी सबै चुनौतीहरु सामन्य प्रायः थिए । यही नाफाको जीवनमा साधा जिवन, उच्च बिचार की धनी सोभा अहिले सबैको माँझ लोकप्रिय बन्नु भएको छ । यि र यस्तै ईमान्दार, कर्मठ, युवा युवतीहरुको रगत, पसिना, आँसु र मेहनतले गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्य यति छिट्टै संम्भव भएको हो । नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा देवका लामिछाने (सोभा) एकछिन घोत्लिनु हुन्छ र भक्कानिनु हुन्छ ।

यो परिघटना ती बिगत घटना सम्झिदा भरखरै जस्तो लाग्छ उहाँलाई । हुनत उहाँले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसक्नु भएको थियो । जनता मावि रागेचौरको मुल एकाइ कमिटी सदस्य हुदै जनमोर्चा नेपालका विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने गर्नु भएकी देवकाले राजनैतिक जग उतै सल्यानबाट नै बसाल्नु भएको हो ।

जाजरकोटमा पुष्पा घर्ति मगर अध्यक्षमा निर्वाचित हुदाँ २०५४ सालमा संम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोट जिल्ला सम्मेलनबाट जिल्लाको उपाध्यक्षमा सोभा निर्वाचित हुनु भएको थियो । अर्ध–भुमिगत रुपमा पार्टी संगठनमा काम गर्दा २०५६ मा पनि अनेमसंघ (क्रान्तिकारी) जाजरकोट जिल्लाको अध्यक्ष पदको जिम्मेवारी प्राप्त गर्नु भएको थियो ।

फटाहाहरुको सुराकी, तत्कालिन प्रहरी दमन र झुट्टा मुद्वाका कारण एक बर्षको बच्चासंग भुमिगत हुन बाध्य भएकी सोभाले एक बर्षको बच्चा काँखमा च्यापेर, भोक, प्यासै, घामपानी, कष्टपूर्ण जंगलको बसाइ, कयौ दिनको भोक र अनिदोलाइ पार गर्दै, जगतिपुर हुदै छिप्रेना गाउँमा पुगेको उसबेलाको याद अहिले पनि बिश्राम गरेर चौतारिमा भलाकुसारी गर्दा निकाल्नु हुन्छ –“मेरा लागि त्यस गाउँका सबै अनुहार अपरिचित थिए । त्यो भन्दा पहिला कहिल्यै नपुगेको गाउँ (छिप्रेना) का महिला दिदीबहिनीसंग एक बर्षको बच्चा (छोरी) लाइ जिम्मा लगाएर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । ‘बाँचे पालीदिनु, मरे फालीदिनु’ भनेर अपरिचित महिला दिदीबहिनीसंग छोरी जिम्मा लगाएर भुमिगत भएको त्यो दिनको सम्झनाले भक्खरैको घटना जस्तो भएर आउने गर्दछ ।” उहाँले ताजै सम्झिनु हुन्छ–“भुमिगत राजनीतिमा पूर्णकालिन भएका आमा, बाबाको नाबालिका छोरीको पालन पोषण गर्ने अदम्यता प्रदर्शन गर्ने तत्कालिन छिप्रेनाका महिला दिदीबहिनीप्रति सधैभरी मेरो उच्च सम्मान रही रहने छ भन्ने कुरा पनि उहाँले भुल्नु भएको छैन ।”

एउटा त्यस्तो सन्दर्भ थियो कि ? सोभाले भन्नु भयो– “मातृ स्नेहीताको प्यासमा छटपटाइ रहेकी छोरी सपना शर्माको चित्कारको पीडालाइ सहन नसकेर चर्को प्रहरी दमनको कुनै प्रवाह नगरी पछि साल्मामा शहिद हुनुभयो । निकट नाता दिदी ममता आचार्य (सुस्मा) ले आफ्नो घर जगतिपुरमा लिएर जीवनभर कहिल्यै भुल्न नसकिने छोरीलाइ माया, ममता र अविभावकत्व प्रदान गर्नु भएको थियो । त्यो स्मरणयोग्य सम्झनलायक दिन आज पनि श्रद्वाले शिर निहुरिन्छ र सुस्मा दिदीप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।”

महिला मुक्तिको अधिकार सहित, देशको आमुल परिवर्तन र वर्गिय मुक्तिका लागि भुमिगत राजनीतिमा पूर्णकालिन हुने वेलामा हामीले खाएका कसम र गरेका बाँचाहरुले हालसम्म मलाइ राजनीतिक रुपमा स्पातिलो बनिरहने प्रेरणाका स्रोत बनेका छन यो सोभाको भित्री आत्मामा स्थायी घर बनाएर बसेको अहिलेको संकल्प र प्रतिवद्वता हो ।

जाजरकोट जिल्लाबाट स्थान्तरण र रुपान्तरण अभियान सहित अन्यत्र जिल्लामा संगठन बिस्तार गर्ने क्रममा २०५७ सालमा पार्टी जिम्मेवारी सहित डोल्पा जिल्लामा सरुवा हुनु भएको थियो । डोल्पा जिल्लाको पार्टी सचिवालय सदस्य भएर एरिया इन्चार्जको जिम्मेवारी सहित विभिन्न भुगोलको साँगठनिक जिम्मेवारी पुरा गर्दै दुई बर्ष डोल्पाको कार्यकाल पुरा गरेर २०५९ सालमा जाजरकोटको मोडेल जिल्लामा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला अध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो । तत्पश्चात अनेमसंघ (क्रान्तिकारी) को क्षेत्रिय तथा उपक्षेत्रिय व्युरो सदस्य तथा सचिवालय सदस्य हुदै केन्द्रिय सदस्यको जिम्मेवारी समाल्ने अबसरहरु र थुप्रै अनुभव समाहाली सकेकी कमरेड सोभाका अगाडि ढिलै भए पनि यो उपनिर्वाचन र खुल्ला चुनावी मैदान उहाँका लागि पहिलो हो ।

त्यस्तै पार्टी कामकै शिलशिलामा बाँके, बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत जिल्लाका केही भुगोलहरु मिलाएर पार्टीले निर्माण गरेको संरचना अनुसार विशेष जिल्लामा पार्टी जिम्मेवारी सहित २०६० सालमा बनाइएको विशेष जिल्लाको पार्टी सचिवालय सदस्य भएर कमान ईन्चार्जको जिम्मेवारी समाल्नु भएको थियो । जनयुद्धकालिन समयमा पार्टीले संचालन गरेका विभिन्न अभियानहरुमा कैलाली, कञ्चनपुर, दोधारा–चाँदनी, अछाम, डोटी, जुम्ला, कालिकोट, रुकुम, रोल्पा, सल्यान लगाएतका थुप्रै जिल्लामा पुगेर राजनीतिक तथा साँगठनिक काम गर्ने अबसर ले उहाँमा अझै राजनीतिक रुपमा परिपक्क बनाउन र सँग–सँगै बिबिध परिक्षण र जनतामा अनुमोदनका रुपमा उहाँ अन्य उम्मेदवारका तुलनामा बलियो उम्मेदवार हुनु हुन्छ ।

२०६२ सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसारको जिम्मेवारी समाल्दै कमरेड सोभाले वटालियन कमिसारको जिम्मेवारीसंगै फौजी अनुभव हासिल गरिसक्नु भएको छ । ढाडमा टेकेर टाउकोमा हान्ने अभियान अन्तरगतका थुप्रै सैन्य कार्वाहीहरुमा सहभागी हुने क्रममा पाल्पा सदरमुकाम, तीनगिरे, सुनवल, स्याङजा, कपिलवस्तुको मुकाम तौलिहवा, बाँकेको कुसुम, खैरीखोला, डोल्पाको दुनै सदरमुकाम लगाएतका सैन्य मोर्चाहरुमा सहभागी हुने सोभा महिला छापामार पनि हुनु हो । २०६३ सालमा पार्टी संगठनको जिम्मेवारी सहित वाइसिएल नेपालको साँगठनिक काम गरेर सोभाले पार्टी र आन्दोलनप्रति निरन्तर बफादार सिपाहीको रुपमा आफ्नो पहिचान बनाउनु भएको छ ।

कम बोल्ने, धेरै काम गर्ने महिला नेतृको रुपमा आम जनता, कार्यकर्ता र नेतृत्व माझ ब्यक्तित्व बनाएकी कमरेड सोभाले पछिल्लो पार्टीको निर्देशन अनि आबश्यक्ता अनुसार २०६४ सालमा बाँकेको नेपालगञ्जमा संचालित रेडियो जनआवाजको समाचार बाचिका बनेर पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको थियो । पत्रकारिताको माध्यामबाट सोभाले समाजलाइ खुल्ला रुपमा अध्ययन गर्नु भएको छ । नेपाल पत्रकार महासंघ, जाजरकोटको साधारण सदस्य हुदै कर्णाली प्रदेश सदस्य, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि समालेकी सोभा लामिछानेलाई देवका भनेर चिन्न धेरैलाई गाह्रो छ । एक पत्रकारले सुर्खेतमा सोध्दै थिए । देवका भनेकी को हुन ? भनेर भने ! मैले उनै सोभा त हुन भने पछि खुशीले चियापाटी दिएका थिए । अनि चियापाटी दिने पत्रकारले अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे ।

हाल उहाँ अनेमसंघ (क्रान्तिकारी) कर्णाली प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा हुनु हुन्छ । राजनीतिक तथा साँगठनिक र विभिन्न सामाजिक कार्यमा सक्रिय कमरेड सोभा पार्टी र संगठनले दिएको जिम्मेवारी बिना सर्त पालना गर्ने एउटा सक्षम लिडरको रुपमा चिरपरिचित नाम देवका लामिछाने (सोभा) हाल जाजरकोट जिल्ला नलगाड नगरपालिकामा हुन गईरहेको उपनिर्वाचनमा घोषित एजेण्डा लियर नेपालको संविधान गरेको व्यवस्था अनुसार आफ्नो मौलिक र बिगत देखि जनतामाँझ उठाएका एजेण्डालाई निरन्तरता दिनेछु भनेर घरदैलोमा हुनुहुन्छ । चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा मतदानगरि अमुल्य भोटलाई खेर जान नदिन मतदाताहरुको काखमा हुर्केर नलगाड नगरको उप–प्रमुख पदमा पु¥याउने र आफ्ना सुखःदुखका मुद्वाहरुलाई कार्यन्वयन गराउन, एकतावद्व साझा नलगाड नेतृत्व, नगरपालिकाको पहिचान हुने गरी, उपनिर्वाचलाई सान्त, सान्दार र भव्य महोत्सव अझ भनौ महायज्ञकै रुपमा संम्पन्न गर्ने गरि हामी सबै जुटौं ।

बिगतमा टेक बहादुर रावल र बालकुमारी बस्नेत ज्युहरुले माओवादी नेतृत्वको तर्फबाट नलगाड नगरपालिकाको जग बसाँउदा एउटा नमुनायोग्य नलगाडको रुपमा राष्ट्रले चिनिराखेको पालिकालाई फेरी पनि निरन्तरता दिनु पहिलो कर्तव्य हुन आउँछ । पालना गरौं । राष्ट्रिय आवश्यक्ताले साझा गठबन्धन भयो । त्यो सुखद र दुखद क्षणपछि फेरी हुन गईरहेको मंसिर १६ गतेको निर्वाचनलाई केन्द्रिकरण गरेर सुखद भविश्यको रेखा कोरौं, हामी सबै नलगाडबासीको साझा चाहाना यही हो ।

अन्तिम निष्कर्ष एउटै प्रमुख र उप–प्रमुख नलगाडको सान ! बिगत, बर्तमान र सुदुरभविश्यसम्म पनि आफ्नै पहिचान !! नलगाड नगरपालिकाको सम्मान र गौरव यही हुनेछ भन्ने आशा एंव बिश्वास राख्दछु ।

धन्यवाद !

(लेखकः घर्ती नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस्