News Portal

बारेकोट गाउँपालिकालाई पदम थापाको १० वटा बेड सहयोग

७६८ पटक

बारेकोट गाउँपालिकालाई ईन्जिनियर पदम थापाले १० वटा बेड सहयोग हस्तान्तरण गरेका छन । कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा गाउँपालिकालाई मद्दत गर्न ईन्जिनियर थापाले मंगलबार १० वटा बेड हस्तान्तरण गरेका हुन् ।

नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडमा कार्यरत ईन्जिनियर थापा भेरी नगरपालिका–२ निबासी हुन् । ईन्जिनियर थापाले २ लाख २० हजारमा खरिद गरिएका १० वटा बेड मंगलबार बारेकोट गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । भ्याट सहित प्रति बेडको मुल्य २२ हजार रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिएका छन् ।

जुम्ला र डोल्पाको सिमानासंग जोडिएको बारेकोट गाउँपालिकामा बेडको अभावमा कोभिड–१९ का संक्रमित बिरामीहरुले उपचार पाउन नसक्ने अबस्था नआवस भनेर आफुले बारेकोट गाउँपालिकालाई सहयोग गरेको ईन्जिनियर थापाको भनाई रहेको छ । स्वास्थ्य सुरक्षाको व्यवस्थापनले पनि नागरिकहरुको आत्म बिश्वास र आत्मबल बढ्ने बताउदै ईन्जिनियर थापाले विश्व मानव जातिमा आएको संकटको वेला मानव जीवनको रक्षाको लागि आफुले सहयोग गरेको बताए ।

गाउँपालिकालाई ईन्जिनियर थापाले १० वटा बेड सहयोग गरेपछि गाउँपालिकालाई आईशोलेसन बेड संख्या थप गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष शाहको भनाई रहेको छ । १४ बेडको आईशोलेसनलाई संचालनमा ल्याएको बारेकोट गाउँपालिकाले ईन्जिनियर थापाले १० वटा बेड सहयोग गरेपछि आईशोलेसन बेड संख्या २४ पुगेको अध्यक्ष शाहले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणले विश्वमै संकट पैदा गरिरहेको वेला गाउँपालिकालाई बेड हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष शाहले ईन्जिनियर थापालाई धन्यवाद दिएका छन् । यतिवेला सबै भन्दा महान् कार्य मानव सेवा नै भएको बताउदै अध्यक्ष शाहले अबिकास, गरिबी, बिभिन्न रोग–ब्याधी र प्राकृतिक बिपदबाट आक्रान्त बारेकोट गाउँपालिकामा नेपाल सरकार, प्रदेश सरकार, दातृ निकाय, ईन्जिनियर थापा जस्तै मनकारी सहयोगी दाता सबैको थप सहयोगको अझै आबश्यकता रहेको भनाई राखेका छन् ।

प्रतिकृया दिनुहोस्