News Portal

सहयात्री चाहिन्छ कि, सम्पत्ति चाहिन्छ ?

भवानी शाही२०८१ पौष १०
८७ पटक

भेरी नगरपालिका–७, जाजरकोट

मेरो नम्बर ब्लक भएरै पनि
तिम्रो मोबाइलको कुनामा सुरक्षीत छ
कोहि नम्बर सेभ भएर पनि त
मनको कुनाबाट रिमोभ भएका छन्
तर मलाई यस्तै बन्दी हुन मन पर्छ
म तिम्रो हृदयको दरवार पुगेपछि
तिम्रो सरकारले घोषणा गरेको कैदि हुन मनपर्छ
हुकुम तिम्रै चल्ने भए सदबहार यसैगरी
तिमी राजा भएकै राज्यको रैति हुन मनपर्छ !

तिम्रो प्रेम यौवनको रसहरुमा झुम्दा
मैले दुरगामी सपना बुनिसकेकी थिए
मैले गर्ने प्रेमको गन्तव्य चुनीसके थिए
कि म प्रेम तिम्रो बुढ्यौली निरससङ्ग पनि प्रेम गर्नेछु
शरीरले हड्डी छोडेको छाला हुँदा
हजार डोरी बसेर चाउरिएको गाला हुँदा
यौवनलाई कुतकुत्याइरहने मेरो पारा फेरिने छैन
चाहे चक्षुहरु फन्को मारुन रंगहरुमा
मनको आँखाले अन्त कतै हेरिने छैन !

तिम्ले आफ्नै शरीर धान्न नसक्ने बेला
मेरा पनि हुनेछन तिम्रा त्यस्ता झमेला
हुनत यस्तै बेला मेरो पनि आउला, आउदा
तिमी प्रेम गरेर अघाउला वा न अघाउला
तर तिम्लाइ जब
आफ्नो शरीर धान्न लठ्ठी चाहिनेछ
जुगाको जुठो पुछिदिन बड्डी चाहिनेछ
त्यो पल सम्झ त ?
यौवन तिम्रा लागि कति चाहिन्छ ??
सहयात्री चाहिन्छ कि सम्पत्ति चाहिन्छ ??

प्रतिकृया दिनुहोस्