Hamro Sanchar

कोभिड–१९ रोकथाम र बिपद व्यवस्थापन सम्बन्धि भर्चुवल समन्वयात्मक बैठक सम्पन्न

जिल्लामा पिसीआर मेशिन जडान गर्न पालिकाहरुले बजेट बिनियोजन गर्ने निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१२ गते

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार र बिपद व्यवस्थापन सम्बन्धि मंगलबार सर्बपक्षिय भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा प्रतिनीधि सभा सदस्य शक्तिबहादुर बस्नेतको बिशेष आतिथ्यतामा भर्चुवल समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

जोम एपको प्रयोगबाट सम्पन्न भइको भर्चुवल अन्तरक्रिया समन्वयात्मक बैठकले जिल्लामा हालसम्म कोभिड–१९ को संक्रमणको अवस्थालाई बुझ्ने काम भएको थियो । साथै कोरोना रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि जिल्ला र स्थानीय तहहरुबाट गरिएका प्रयास र व्यवस्थापनका बिषयमा जानकारी लिने काम भएको थियो । त्यसैगरी जिल्लामा जारी गरिएको निशेधाज्ञालाई थप प्रभावकारी बनाउन आबश्यक सुभाव संकलन गरिएको प्रजिअ देवकोटाले जानकारी दिए । मनसुन सुरुवात हुने समय नजिकै आएको हुदा मनसुनबाट पैदा हुने बिपदलाई व्यवस्थापन गर्न तथा पूर्व सावधानी अपनाउन तयार गरिने रणनितिक योजनाका बिषयमा छलफल भएको प्रजिअ देवकोटाले बताए ।

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ) का संयोजक समेत रहेका प्रजिअ देवकोटाको अध्यक्षतामा सम्पन्न सर्बपक्षिय समन्वयात्मक बैठकमा अक्सिजन प्लान्टका सामाग्री खरिद सहित जडान गर्नुमा ढिलाई हुनु र कामको जिम्मा लिएको सप्लायर्सले सिलिण्डर खरिद गर्नमा ढिलाई हुनुमा कतै जिल्ला अस्पतालकै मुख्य हात त छैन भनेर खोजी गर्नु पर्ने वेला आएको प्रतिनीधि सभा सदस्य तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले भनाई राखेका थिए ।

उक्त भर्चुवल बैठकले कोरोना परीक्षणको दायरालाई बढाउने, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले लिएका निर्णय तर कार्यान्वयन हुन नसकेका निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, कोरोनाको चेन ब्रेक गर्न अन्तर पालिकामा समन्वय गरी अक्सिजन र औषधी आपुर्तिलाई सहज बनाउने, निषेधाज्ञालाई थप प्रभावकारी बनाउनुको साथै अबस्था हेरी समयावधि थप गर्न सिफारिस गर्ने, स्थानीय तहहरुमा स्वास्थ्यकर्मीहरुको पदपुर्तीका लागि संघ र प्रदेश सरकारसंग समन्वय गरी पदपुर्ती गर्ने, अबस्था हेरी नियम अनुसार पालिकाहरुको रकमान्तर गरी कोभिड–१९ र विपद जोखिम रोकथाम तथा नियन्त्रणमा बिनियोजन गर्ने, जिल्लामा पिसीआर मेसिन जडान गर्न सबै पालिकाले आबश्यक बजेट बिनियोजन गर्ने, जिल्लामा प्राप्त स्वास्थ्य सहायता तथा औषधीलाई आबश्यकताका आधारमा एकद्धार प्रणालीबाट बितरण गर्ने, शव बहानको व्यवस्था गर्ने लगाएतका महत्वपूर्ण १५ वटा निर्णय गरेको प्रजिअ देवकोटाले जानकारी दिए ।

उक्त अन्तरक्रिया तथा समन्वयात्मक बैठकमा यस जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, माया प्रसाद शर्मा, कर्णाली प्रदेश सभा सदस्य करविर शाही, पूर्वमन्त्री सत्य पहाडी, संविधान सभा सदस्य राजिव विक्रम शाह, जिल्ला स्थित भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, जुनिचाँदे गाँउपालिका कावा अध्यक्ष शिवा आचार्य, प्रमुख सेनानी श्याम शरण गोतामे, प्रहरी नायव उपरिक्षक मधु कुमार थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक नरेश भण्डारी, प्रमुख अनुसन्धान अधिकृत ओम बहादुर खड्का, स्वस्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक टीकाराम जैसी, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधि, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, पालिकाका स्वास्थ्य संयोजकहरु लगाएत जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्दका पदाधिकारीहरु, पत्रकार, नागरिक समाजका अगुवा, उद्योग बाणिज्य संघका अध्यक्ष, रेडक्रस सोसाइटी, जिल्ला शाखा, जाजरकोटका सभापति समेतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्