News Portal

जाजरकोटमा २४ घण्टामा २२ जना कोरोना मुक्त, १४ जना संक्रमित थपिए

६४६ पटक

जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार ११९ जना पुगेको छ भने, हालसम्म सन्चो भएर डिस्चार्ज हुनेहरुको संख्या ४९६ जना पुगेको छ । बुधबार जिल्लामा ६११ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, थप उपचारका लागि हालसम्म जिल्ला भन्दा बाहिर १० जनालाई रेफर गरिएको छ । प्रकाशित दैनिक प्रतिवेदन बिबरणका अनुसार हालसम्म २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ भने, एक जना संक्रमितको उपचारका क्रममा बाँकेको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय, जाजरकोटले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण ११ चैत २०७६ देखि १२ जेठ २०७८ सम्मको हो ।

छेडागाड नगर अस्पतालले गरेको परीक्षणबाट गर्भवती महिलाई कोरोना पुष्टी
छेडागाड नगरपालिकामा रहेको नगर अस्पतालमा बुधबार २ जनालाई कोरोना पुष्टी भएको छ । बुधबार अस्पतालले ६ जनालाई गरेको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको नगर अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् । गिरीले दिएको जानकारी अनुसार कोरोना पुष्टी भएका २ जना मध्ये एक जना पुरुष रहेका छन् भने, एक जना गर्भवती महिला रहेकी छन् ।

भेरी नगरपालिकामा २० जना संक्रमित थपिए
भेरी नगरपालिकामा २४ घण्टाको समयमा २० जनालाई कोरोना पुष्टी भएको छ । मंगलबारसम्म गरिएको परीक्षणबाट कोरोना पुष्टी हुनेको संख्या ५२१ जना थियो भने, बुधबार कोरोना पुष्टी हुनेको संख्या ५४१ पुगेको छ ।

बुधबार भेरी नगरपालिकाले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा हालसम्म कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या २०८ जना रहेको छ भने, ३०३ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि ४ जनालाई रेफर गरिएको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नलगाड नगरपालिकामा ४ जना डिस्चार्ज
नलगाड नगरपालिकामा बुधबार ४ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । होम आईशोलेसनमा रहेर उपचार गराई रहेका ३ जना र नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका १ जनाले कोरोना जितेर बुधबार डिस्चार्ज भएका हुन् ।

बुधबार नलगाड नगरपालिकामा २७ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ । बुधबार प्रकाशित कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार १९ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ८ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

हालसम्म ४७ जनालाई कोरोना पुष्टी भएको नगरपालिकामा १२ जनालाई डिस्चार्ज गरिएको छ भने, ५ जनालाई रिफर गरिएको छ । एक जना संक्रमितको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिकामा हालसम्म २४ जना डिस्चार्ज
बारेकोट गाउँपालिकामा हालसम्म २४ जना कोराना संक्रमित सन्चो भएर डिस्चार्ज भएका छन् । बुधबारसम्म बारेकोट गाउँपालिकामा १३५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४७ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत मोहन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार हालसम्म २४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, बाँकी २३ जना सक्रिय संक्रमितले आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । १३ जना सक्रिय संक्रमित होम आईशोलेसनमा रहेका छन् भने, १० जना सक्रिय संक्रमित गाउँपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्