News Portal

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारगरी एक जनाले गरे आफ्नै छोराको हत्या

६२० पटक

कोहलपुर नगरपालिका–१२ चपरगौडीमा बुधबार राति एक जनाले आफ्नै छोराको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरेर छोराको हत्या बाबुले गरेका हुन् ।

चपरगौडीका ठाकुर प्रसाद वलीले आफ्नै छोराको हत्या गरेका छन । वुधबार राति ९ बजेतिर धारिलो हतियार प्रहार गरेर छोरा छोरा पोषण वलीको हत्या गरेको प्रत्येक्षदर्शिहरुको भनाई रहेको छ । वलीका बाबु छोरा बीच विवाद भएपछि बाबुले छोराको गर्धनमा खुर्पा प्रहार गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन ।

बाबुको खुर्पा प्रहारबाट गम्भीर घाईते भएका छोरालाई राती नै उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुराएको थियो । अस्पताल पुगेको केही समयपछि अस्पतालले धाईते पोषणलाई मृत्यु घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख तथा डिएसपी रविन्द्र खनाले जानकारी दिएका छन ।

हत्याको आरोपमा मृतकका बाबु ठाकुर प्रसादलाई कोहलपुर प्रहरीले प्रकाउ गरी अनुन्धान गर्न सुरु गरेको छ । उक्त घटनामा प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामत गरेको छ । घटनाको बिस्तृत अनुसन्धान भई रहेको कोहलपुर ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्