News Portal

एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तलाई लेखेको खुल्ला पत्र

१२८० पटक

एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तका नाममा खुल्ला पत्र लेखेका छन् । जिल्ला अस्पतालको आइशोलेसन बेडमा रहेर उपचार गराई रहेका संक्रमितले निकै भावुक मुद्रमा पत्रकार पन्तको नाममा खुल्ला पत्र लेखेका छन् ।

यस्तो छ खुल्ला पत्रको पूर्ण पाठ :–

धन्य पन्त बाबु (बद्री)
२०७८ जेठ ७
अस्पतालको शैयाबाट
खलंगा, जाजरकोट

चीनको बुआह्वान प्रान्तबाट शुरु भई हाल करिब विश्वका २१८ देशका मानवलाई आक्रान्त पारेको महामारी कोभिड–१९ को तेस्रो चरण जाजरकोट जिल्लाको गाउँ बस्तिमा पनि अछुतो रहन सकेन ।

ज्वरो, रुघा खोकीबाट शुरु भई जीवनै मृत्युको काखसम्म पुर्याई राखेको अबस्थामा आफ्ना व्यक्तिगत सम्पूर्ण दैनिकी कामकाजलाई थाती राखि रातदिन कुन व्यक्ति, कुन गाउँ, कुन ठाउँ के–कस्तो अबस्थामा छन्, रोगको प्रकोप कहाँ के कति छ ? भरपर्दो सुचना संयन्त्र खडागरी खोजीनीति गरि स्वयमले नै यातायातको व्यवस्था मिलाई थला परेका सिकिस्त विरामीहरुलाई स्थानीय स्वास्थ्य संस्था लगाएत अबस्था हेरी जिल्ला अस्पताल खलंगा, जाजरकोट लगाएत जटिल अबस्थाका रोगीलाई प्रादेशिक अस्पताल सुर्खेतसम्म रेफर मात्र हैन साथमा आफै पुगेर सम्पूर्ण व्यवस्थापनको जोहो मिलाएर आएकोमा सम्पूर्ण बिरामीहरुको आत्माले सन्तोषको साहस फेरेको छ ।

त्यति मात्र नभई अस्पतालको व्यवस्थापकीय पक्षमा पनि चिन्ता र चासो लिई देशमा मात्र नभई विदेशसम्मका कोभिड–१९ का बिरामीहरुको जानकारी लिने गरेकोमा धन्य छ पन्त बाबु (बद्री) तिमीलाई ।

अस्पतालको शैयामा भर्ना भएका बिरामीहरु अक्सिजनको अभावमा छटपटाई रहेका मृत्युलाई पर्खि राखेका प्राण वायुको एक–दूई घण्टामै आपुर्तीगरी बेसहारा बनेका अन्तिम घडिमा भगवानलाई पुकारी रहेका मानवको संजिवनी बनेर कलियुगको देवदुतको रुपमा उपस्थित रहयौं । यो तिम्रो साहसिकपूर्ण योगदान अजम्बर रहने छ । अजय रहने छ ।

यतिले मात्र तिम्रो आत्मले सन्तुष्टी प्राप्त नगरी जुन रोगले दुई–तीन मिटर टाढैबाट आक्रमण गर्छ, त्यसको कुनै प्रवाह नराखी विहान ६ बजेदेखि करिब राती ११ बजेसम्म Hospital मा भर्ना भएका प्रत्येक Bed मा पुगि गाउँघर पाखा पखेरामा पाउने अचुक आर्युबेदिक औषधीहरु (अमृतजल) बनाएर प्रत्येक बिरामीलाई आफ्नै हातले पिलाई मनोबल बढाउने दैनिकि बनाएका छौं, जसले यलोपेथिक औषधी भन्दा दुई गुणा राहत पुर्याएको महशुस विरामीहरुमा भई रहेको छ ।

अस्पतालको व्यवस्थापकीय पक्षबाट निम्न कुराहरु सुधार भए अझै राम्रो हुन्थ्यो कि ?
१) वार्डमा भएका विरामीहरुको अबस्था अवलोकन ।
२) शौचालय, स्नान कक्ष (Bath Rom) को निरन्तर सरसफाई ।
३) धारामा २४ घण्टे पानीको संचालन ।
४) खानेपानी लगाएत अन्य आवासिय सुविधा उपलब्ध ।
५) Duty मा खटिनु भएका स्वास्थ्यकर्मीलाई उच्च मनोवल बनाउने खालका थप सेवा सुविधाको उपलब्धता ।
६) Duty मा खटिनु भएका चिकित्सक, स्वास्थ्यकर्मी लगाएत सहयोगी Tim Care Fulli र सक्रियतामा बृद्धि ।
७) अक्सिजन सिलिण्डर, आबश्यक औषधी । उपकरणहरुको भण्डारण भई रहनुपर्ने ।

जसको अभावमा आपतकालिन स्थितिको सृजना नहोस ।
“धार्मिकता जीवनको मार्ग हो ।
इमान्दारिता जीवनको शक्ति हो ।
सेवा गर्नु जीवनको कर्तव्य हो ।”

उल्लेखित आदर्श बाक्यलाई मुल मन्त्र बनाई ज्यान मारा COVID-19 लाई आफ्ना सम्पूर्ण शस्त्र अस्त्र प्रयोग गरी अहोरात्रलाई मानव शास्त्रको कल्याणको निमित्त दिलो ज्यान समर्पण गरि रहनु भएका हे ‘विधता’ तिमि आएर शैयामा छटपटाई रहेका रोगीका मुटुका स्पन्धन, हृदयका धड्कन, आँखाका नानी बनिरहेछौं त्यो तिम्रो अदम्य शाहस र सहयोगका ऋणि हामी सदासर्बदा कृतज्ञ छौं ।

यो आक्रान्त विकराल अबस्थामा बर्तमान जल्दाबल्दा मै हौं भन्ने जनप्रतिनीधि, समाजसेवी, राष्ट्रवादी, अग्र पङतीका नेता कार्यकर्ता भन्न रुचाउनेहर आज बेखबर हुनु अशोभनिय मात्र नभै अपाच्यको ज्वलन्त उदाहरण हो ।

जनताप्रति जुन लगाब छ, जुन अतुलनिय योगदान छ । असाधारण सहयोग सद्वभाव छ । जसले ५० प्रतिशत रोग आफै हराएको छ । शाहस बढेको छ । आशाको त्यान्द्रो मौलाएको छ । पुनर्जीवन दिएको छ ।

धन्य–धन्य पन्त बाबु तिम्रो ओजस्वीपूर्ण शाहस दुबै झै मौलावस, बाँस झै निहुरी रहवस, काँश झै फुलि रहवस ।

यस जाजरकोटको महामारी इतिहासमा तिम्रो नाम स्वर्ण अक्क्षरमा अंकित रहने छ, यहि मेरो शुभकामना । तिमी जस्ता प्रणेताको रुपमा जाजरकोट जस्तो आभवै अभावले भरिएको बिकट भुमिमा उदय हुनु समस्त जाजरकोटबासी मात्रको नभएर यो भुमि नै शौभाग्यशाली भएको छ ।

यो जिल्लामा तिमि जस्तो ज्वज्वल्यमान नक्षेत्रको नेतृत्वको खाँचो छ । चाहेमा जनता जनार्दनले सहिसत्य मुल्याङ्कण गर्ने छन् । सेवा गर्ने अझै ठुलो अबसर प्राप्त हुने नै छ भन्ने बिश्वासका साथ आफ्नो प्रयासलाई जीवन्त राख्न अभिप्रेरणा प्रदान गर्दछु ।

अन्त्यमा सम्पूर्ण विरामीहरुको तर्फबाट तिम्रो ओजस्वीपूर्ण साथ सहयोग र प्रेरणाले हाम्रो जीवन रक्षा गरि रहोस, प्राण वायु थपि रहोस, यस्तो सु–अबसर प्रदान गरी अनुपम उदाहरणिय बद्री बाबु तिम्रो सदा जय, जय, जय होस ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट नियुक्त जिल्ला अस्पताल जाजरकोटका अस्पताल विकास समितिका पुर्व अध्यक्ष एवं बारेकोट गाउँपालिकाका बर्तमान अध्यक्ष श्री महेन्द्र बहादुर शाहले म कोरोना Positiv भई आठबीसकोट नगर अस्पताल रुकुमको आईशोलेसनमा उपचार्थ भएदेखि नै मेरो स्वास्थ्यप्रति चिन्ता, चासो लिई सक्रियताका साथ यहाँसम्म पुर्याउने आबश्यक पहल गरी Hospital मा अक्सिजन लगाएत आबश्यक औषधी, व्यक्तिगत खानपान, रेखदेखको चाँजोपाँजो मिलाई जीवनको अन्तिम घडीमा नाता गोता, बन्धुबान्धव, लाल बाला, शाखा सन्तानको पर्खाईमा बसेको आत्मलाई पुनर्जीवनमा फर्काउन मद्दत पुगाउने श्रद्धेय हाम्रा भाईलाई हृदयदेखि हार्दिक आभार प्रकट नगरी रहन सक्दिन ।

मलाई भेटी सिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुनेहरुमा नेपाली कांग्रेसका क्षेत्रिय सचिब छवी पन्त, कुशे गाउँपालिकाका उपाध्यक्ष रामछाँया शाही, नेपाली कांग्रेस आठबीकोट नगर सभापति रुकुमका कमल शाह, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य धीरेन्द्र शाह, अधिवक्ता नीमबहादुर शाही, बारेकोट गाउँपालिकाका लेखापाल राजबहादुर सिंह, खरिदार मालबहादुर बस्नेत लगाएतका महानुभावहरुमा हार्दिक धन्यवाद टक्र्याउन चाहान्छु ।

बिशेष गरेर अस्पतालमा भर्ना भएदेखि हालसम्म मेरो उपचारमा संलग्न चिकित्सक (डाक्टर) मधुर मुस्कानका साथ शिरदेखि पाउँसम्म कोमल स्पर्स गरी सन्चो बिसन्चो सोद्धै औषधी पिलाउने परिचारिका (Nurse) नानीहरु बिशेष ख्याल राख्ने गंगा बैनी, अक्सिजनको Balance मिलाई राख्ने सहयोगी भाईहरु, सोही अस्पतालकी स्टाप श्रीसरस्वती शाह जसले मेरो खानपान लगाएत बिशेष रेखदेख सेन सम्मान पुर्याउनु भयो वहाँहरु सम्पूर्ण अस्पताल परिवारलाई मनमुटु देखि नै हार्दिक आभार तथा धन्यवाद ट्क्याउन चाहान्छु ।

साथै डोल्पा, रुकुम, दाङ, नेपालगञ्ज, सुर्खेतमा रहनु भएका मेरा नातागोता, ईष्टमित्र, बन्धुबान्धक, भाईभारदाहरुले फोनबाट सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो वहाँहरुप्रति मेरो श्रद्धा सुमन छ । काठमाडौं रहने साईली छोरी जसले घण्टा–घण्टामा प्रतिक्रिया लिई रहेकी छन्, उनीप्रति पनि बिशेष कृतज्ञता ज्ञापनमा रहनु हुने छोरी, ज्वाई माधव थापा प्रति पनि बिशेष धन्यवाद ।

यो संकटकालिन घडिमा जोजसले सहयोग पुर्याई प्राण रक्षा गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

गोरख बहादुर शाह (कोभिड–१९ संक्रमित)
प्रधानाध्यापक
श्री जनबिकास निम्न माध्यामिक विद्यालय खगेनकोट
नलगाड नगरपालिका–७, जाजरकोट
स्थायी ठेगाना :– बारेकोट–५ तोलखान, जाजरकोट

कोरोना संक्रमित शाहले अस्पतालको आईशोलेसन बेडबाटै एक अनुभुति पनि लेखेका छन् । उनले लेको अनुभुतिको पूर्णपाठ यस्तो रहेको छ ।

कोभिड–१९ संक्रमण एक अनुभव
२०७८।०३।०९
आईशोलेसन कक्षबाट
खलंगा, जाजरकोट

२०७८ बैसाख २३ गते ज्वरोबाट सुरु भई COVID संग सम्बन्धित विभिन्न लक्षण देखा परेपछि नगर अस्पताल आडबीसकोट रुकुम पश्चिममै चेक गराउदा औषधी मात्र खाएर हेर्न भनेकोले तोकिएका औषधीहरु खाईयो त्यसले केहि असर नगरपछि स्थानीय मेडिकलमा पुनः चेक गराउदा टाईफाईड ल्याव Test बाट प्रमाणित भएपछि करिब ५ दिन उपचार गर्दा पनि कुनै असर नगरेपछि पुनः Hospital मा गई एन्टीजेन परीक्षण गराउदा COVID Positive देखियो र औषधी सहित Home आईशोलेसनमा ३ दिन जति बस्दा झनै बढि च्यापेकोले अस्पतालमा भर्ना भई आईशोलेसनमा अक्सिजन सहित ६ दिन बस्दा अक्सिजनको अभावमा जिल्ला Hospital खलंगा जाजरकोटमा रेफर गरियो । खलंगाले आठबीसकोटको Report Check गर्दा यहाँबाट उपचार प्राय जसो भई सकेको अबस्था जटिल नै भएको सुर्खेत वा नेपालगञ्ज नै Refor गर्न आबश्यक भन्ने मनसाय देखाएता पनि बारेकोटका अध्यक्ष महेन्द्र शाह लगाएतका केहि व्यक्तिको अनुरोधमा तल्तीर Bed को अभावका कारण कम सम्भावना देखिएकोले यहिबाटै शुरुदेखि उपचार गरि हेर्न थालियो ।

भाग्य भनौ कि ? शुभ चिन्तक हितैषी भाईभारदार, ईष्टमित्र, घरपरिवार, नाता कुटुम्ब अन्य शुभ चिन्तकहरुको विशेष चिन्ता र चासो लिई मेरो उपचारमा कुनै पनि कमि कम्जोरी हुन नदिई जिल्ला बाहिरदेखि समेत औषधी झिकाई आबश्यक सम्पूर्ण भरपर्दा उपचार अबलम्बन गरि आईशोलेसनमा उचार्थ रहदा अन्य मानविय सेवा सुविधा खानपिन लगाएत आबश्यक साधन श्रोत जस्ता बाह्य सुबिधाले भरपुर मनोबल बढाउने वातावरणको सृजना हुँदा आधा रोग त्यस्तै हराएको महशुस भएको छ ।

एक्लो औषधी उपचार मात्र नभई हौसला प्रदान गर्ने खालका माध्याम पनि छटपटाहटमा राहत पुग्ने ठुलो भरोशा भएको अनुभव भएको छ । त्यसैले म सबै सरोकारवालाहरुसंग यहि अपिल गर्दछु कि ? यदि तपाई या तपाईका परिवारजन यो रोगबाट पिडित हुनु हुन्छ भने, अस्पतालको उपचारका साथ साथै माथि उल्लेखित मानविय सेवा सुबिधा पनि अनिबार्य रुपमा दिने लिने दिलाउने कुरामा कूनै कसर नराखी जुटाउने पहल गर्न सुझाव दिन चाहान्छु ।

गोरख बहादुर शाह (संक्रमित)
प्रधानाध्यापक
श्री जनबिकास निम्न माध्यामिक विद्यालय खगेनकोट
नलगाड नगरपालिका–७, जाजरकोट
स्थायी ठेगाना :– बारेकोट–५ तोलखान, जाजरकोट

प्रतिकृया दिनुहोस्