News Portal

जाजरकोटमा सनिबार ५८२ जना सक्रिय संक्रमित

६९३ पटक

जिल्लामा सनिबार सक्रिय कोरोना संक्रमित ५८२ जना रहेका छन् । उनीहरुले होम तथा अस्पतालका आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । २४ घण्टाको समयमा जिल्लाका बिभिन्न ठाउँमा ६४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २५ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २४३ जना रहेको जिल्ला प्रशासन कार्यालयले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन बिबरणका अनुसार हालसम्म जिल्लामा कोरोना निको भएर डिस्चार्ज हुनेहरुको संख्या ६४८ जना रहेका छन् । थप उपचारका लागि हालसम्म १० जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । हालसम्म ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको प्रतिवेदन विवरणमा भनिएको छ । जिल्ला प्रशासन कार्यालयले सनिवार प्रकाशन गरेको उक्त प्रतिवेदन विवरण ११ चैत २०७६ देखि १५ जेठ २०७८ सम्मको हो । एक जना संक्रमितको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । हालसम्म जिल्लामै कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

हालसम्म जिल्लामा ६ हजार ८३१ जनालाई गरिएको पिसीआर परीक्षणबाट ४८८ जनालाई कोरोना पुष्टी भएको छ । जसमा २४३ जना निको भएर डिस्चार्ज भएका छन् भने, २४५ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरी २ हजार ६०९ जनालाई गरिएको उन्टीजेन परीक्षणबाट ७५५ जनालाई कोरोना पुष्टी भएको छ । जसमा ४०५ जना निको भएर डिस्चार्ज भएका छन् भने, ३३७ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

भेरी नगरपालिकामा ६ जनालाई कोरोना पुष्टी
भेरी नगरपालिमा सनिबार ६ जनालाई कोरोना पुष्टी भएको छ । ल्याव प्रयोगशाला सुर्खेतबाट सनिबार आएको ३९ जनाको पिसीआर रिर्पोटबाट ६ जनालाई कोरोना पुष्टी भएको हो ।

सनिबारसम्म भेरी नगरपालिकामा कोरोना पुष्टी हुनेको संख्या ५५८ जना पुगेको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक तथा जनस्वास्थ्य निरिक्षक निशा थापा केसीले जानकारी दिईएकी छन् ।

हालसम्म भेरी नगरपालिकामा २१६ जना निको भएर डिस्चार्ज भएको भेरी नगरपालिकाले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । उक्त दैनिक प्रतिवेदन विवरणका अनुसार सनिबार ३१२ जना सक्रिय संक्रमित रहेका छन् । ३११ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, १ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन । थप उपचारको लागि हालसम्म ४ जनालाई रिफर गरिएको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

पिसीआर परीक्षणको लागि हालसम्म भेरी नगर स्वास्थ्य शाखाले ५९८ जनाको स्वाव संकलन गरेको थियो । पिसीआर बिधिबाट गरिएको परीक्षबाट ३३३ जनालाई कोरोना पुष्टी भएको थियो । त्यसैगरी ६५४ जनामा गरिएको एन्टीजेन परीक्षणबाट २२५ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणले देखाएको छ ।

बारेकोट गाउँपालिकामा ३ जना डिस्चार्ज
बारेकोट गाउँपालिकामा सनिबार ३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ३० जना निको भएर डिस्चार्ज भएका छन् भने, सनिबार बारेकोटमा ४१ जना सक्रिय संक्रमित रहेका छन् । ४१ जना सक्रिय संक्रमितहरु मध्ये ११ जनाले गाउँपालिकाको आईशोलसनमा रहेर उपचार गराई रहेका छन् भने, ३० जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका कोभिड–१९ फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

हालसम्म १९८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ७१ जनालाई कोरोना पुष्टी भएको बारेकोट गाउँपालिकाले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । कोरोना पुष्टी भएकाहरु मध्ये २७ जना महिला र ४४ जना पुरुष रहेका छन ।

सनिबार यो समाचार तयार पार्दासम्म बारेकोट गाउँपालिका र भेरी नगरपालिका बाहेकका अन्य पालिकाको जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्