News Portal

बारेकोटमा ६ जना डिस्चार्ज, ८ जनालाई कोरोना पुष्टि

३७२ पटक

बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने, ८ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार १७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो ।

बारेकोटमा हालसम्म ३२५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १०७ जनालाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् । कोरोना पुष्टिी भएका १०७ जना मध्ये ४३ जना महिला र ६४ जना पुरुष रहेका छन् । बुधबार ६ जना संक्रमित निको भएर डिस्चार्ज भएसंगै बारेकोटमा डिस्चार्ज हुनेको संख्या ४६ पुगेको गाउँ स्वास्थ्य शाखाले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणले देखाएको छ ।

दैनिक प्रतिवेदन विवरणले देखाए अनुसार बुधबार बारेकोटमा ६१ जना सक्रिय संक्रमित रहेका छन् । ६१ जना सक्रिय संक्रमित मध्ये १९ जनाले गाउँ पालिकाको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन । गाउँ पालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेकाहरु मध्ये ८ जना महिला रहेका छन् भने, ११ जना पुरुष रहेका छन् । त्यसैगरी ४२ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

कुशे गाउँपालिकामा ४८२ जनाको कोरोना परीक्षण
कुशे गाउँपालिकाले ४८२ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँ पालिकाले ४८२ जनाको कोरोना परीक्षण गरेको हो ।

४८२ जनालाई कोरोना परीक्षण गर्दा ८ जनालाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखाका संयोजक अमर जंग शाहले जानकारी दिएका छन् । होम आइशोलेसनमा रहेर उपचार गराई रहेका ८ जना नै कोरोना निको भएर डिस्चार्ज भएको कुशे गाउँपालिकाले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ ।

दैनिक सार्बजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय, भेरी, नलगाड र छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकाले बुधबार कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण प्रकाशन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्