News Portal

जाजरकोटमा ९१६ जना संक्रमित निको भए, ४५७ जना सक्रिय संक्रमित

६०५ पटक

जिल्लामा हालसम्म ९१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज भएका ९१६ जना संक्रमित ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मका हुन् ।

हालसम्म जाजरकोटमा १ हजार ३८७ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । हालसम्म ९१६ जना निको भएर डिस्चार्ज भएका छन् भने, बिहिबार जिललामा ४५७ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारका लागि हालसम्म ११ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । एक जना संक्रमितको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामै कोरोना पष्टि भएर मृत्यु हुने संक्रमितको संख्या हालसम्म ४ पुगेको छ ।

पिसीआर बिधिबाट ६ हजार ८३१ जना र एन्टीजेन बिधिबाट २ हजार ८२२ जना गरेर हालसम्म जिल्लामा ९ हजार ६५३ जनाको कोरोना परीक्षण गरिएको सार्बजनिक गरिएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । प्रकाशित दैनिक प्रतिवेदन बिबरणका अनुसार जिल्ला अस्पताललाई कोरोना उपचार अस्पताल बनाईएको छ । अक्सिजन सहितका ३३ वटा र साधारण ९८ वटा गरि जम्मा १३१ वटा आइशोलेसन बेड रहेका छन् । ३ वटा आईसीयू र एक वटा भेन्टिलेटर कक्ष रहेको अस्पतालमा १० वटा एचडीयू बेड रहेका छन् ।

जुनीचाँदेमा सक्रिय संक्रमित ३५ जना, १८ जना डिस्चार्ज
जुनीचाँदे गाउँपालिमा बिहिबार ३५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म जुनीचाँदेमा १८ जना संक्रमितले कोरोना जितेर ढिस्चार्ज भएका छन् ।

स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेर ३५ जना सक्रिय संक्रमितले होम आइशोलेसनमै रहेर उपचार गरिरहेको गाउँ स्वास्थ्य शाखाका संयोजक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २५० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिदै संयोजक शाहीले हालसम्म १८ जना संक्रमित निको भएर डिस्चार्ज भएको बताए ।

७५० जनाको कोरोना परिक्षण गर्ने लक्ष्य लिएको गाउँ स्वास्थ्य शाखाले हालसम्म २५० जनाको स्वास्थ्य परीक्षण गरेको जानकारी दिदै संयोजक शाहीले ५०० जनाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको जानकारी दिए । संयोजक शाहीले दिएको जानकारी अनुसार ७५० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गर्नका लागि गाउँ स्वास्थ्य शाखाले आवश्यक स्वास्थ्य सामाग्री र औषधिको व्यवस्थापन गरि सकेको छ ।

नलगाडमा ३ जनालाई कोरोना पुष्टी, ६ जना डिस्चार्ज
नलगाड नगरपालिकामा बिहिबार ३ जनालाई कोरोना पुष्टि भएको छ भने, ६ जना डिस्चार्ज भएका छन् । बिहिबार गरिएको एन्टीजेन परीक्षणबाट ३ जनालाई कोरोना पुष्टि भएको हो ।

बिहिबार ८ जनालाई गरिएको एन्टीजेन परीषणबाट ३ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । त्यसैगरि बिहिबार ६ जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ ।

दैनिक प्रतिवेदन विवरणले देखाए अनुसार बिहिबारसम्म नलगाड नगरपालिकामा १३५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८२ जनालाई कोरोना पुष्टि भएको छ । हालसम्म ३२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । बिहिबार २७ जना होम आईशोलेसन र ४ जना नगरपालिकाको आईशोलेसनमा रहेर ३१ जना सक्रिय संक्रमितले उपचार गराई रहेका छन् ।

कुशेमा ५१० जनाको कोरोना परीक्षण, १५ जना सक्रिय संक्रमित
कुशे गाउँपालिकाले हालसम्म ५१० जनाको कोरोना परीक्षण गरेको छ । एन्टीजेन बिधिबाट ५१० जनालाई गरिएको परीक्षणबाट २७ जनालाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखामा कार्यरत केवी चलाउनेले जानकारी दिएका छन् ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाले ५१० जनाको कोरोना परीक्षण गरेको हो । कोरोना पुष्टि भएका २७ जना मध्ये १५ जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, थप उपचारका लागि २ जनालाई रिफर गरिएको थियो । १० जनाले कोरोना जितेर डिस्चार्ज भएको गाउँ स्वास्थ्य शाखाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणले देखाएको छ ।

दैनिक सार्बजनिक गर्दै आएका भेरी र छेडागाड नगरपालिका, शिवालय र बारेकोट गाउँपालिकाले बिहिबार कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण प्रकाशन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्