News Portal

जाजरकोटमा २४ घण्टामा ६५ जना डिस्चार्ज, १२ जना संक्रमित थपिए

६३६ पटक

२४ घण्टाको समयमा जाजरकोटमा ६५ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १२ जना संक्रमित थपिएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म जिल्लामा १ हजार ३९९ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । हालसम्म ९८१ जना निको भएर डिस्चार्ज भएका छन् भने, शुक्रबार जिल्लामा ४०४ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारका लागि हालसम्म ११ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । एक जना संक्रमितको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामै कोरोना पष्टि भएर मृत्यु हुने संक्रमितको संख्या हालसम्म ४ पुगेको छ । कार्यालयले शुक्रबार प्रकाशन गरेको दैनिक प्रतिवेदन विवरण ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मको हो ।

पिसीआर बिधिबाट ६ हजार ८३१ जना र एन्टीजेन बिधिबाट २ हजार ८९४ जना गरेर हालसम्म जिल्लामा ९ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएको सार्बजनिक गरिएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । प्रकाशित दैनिक प्रतिवेदन बिबरणका अनुसार जिल्ला अस्पताललाई कोरोना उपचार अस्पताल बनाईएको छ । अक्सिजन सहितका ३३ वटा र साधारण ९८ वटा गरि जम्मा १३१ वटा आइशोलेसन बेड रहेका छन् । ३ वटा आईसीयू र एक वटा भेन्टिलेटर कक्ष रहेको अस्पतालमा १० वटा एचडीयू बेड रहेका छन् । १८१ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।

जुनीचाँदेमा ७ जना कोरोना मुक्त
जुनीचाँदे गाउँपालिकामा शुक्रबार ७ जनाले कोराना जितेर जिस्चार्ज भएका छन् । कोरोना जितेर शुक्रबार डिस्चार्ज हुनेमा गाउँपालिकाका काव अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरु रहेका छन् ।

यही जेठ १३ गते गरिएको एन्टीजेन परक्षणबाट कावा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित १६ जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो गाउँ स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर शाहीले भने–‘शुक्रबार गरिएको परीक्षणबाट ७ जना कोरोना मुक्त भई सक्नु भएको छ, बाँकी ९ जना होम आइशोलेसनमै बस्नु भएको छ, स्वास्थ्य परीक्षण गराउन हामीसँग आएमा परीक्षण गर्न हामी तयारी अबस्थामै छौं ।’ दोस्रो पटक गरिएको परीक्षणबाट पनि एक जना प्राविधिकलाई कोरोना देखिएको हुदा उनलाई आइशोलेसनमै राखेर उपचार गरिरहेको संयोजक शाहीले जानकारी दिएका छन् ।

हालसम्म २५० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिदै संयोजक शाहीले हालसम्म २५ जना संक्रमित निको भएर डिस्चार्ज भएको बताए । संयोजक शाहीले दिएको जानकारी अनुसार शुक्रबार जुनीचाँदेमा २८ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

नलगाडमा ६ जना डिस्चार्ज, १ जनालाई कोरोना पुष्टि
नलगाड नगरपालिकामा शुक्रबार ६ जना संक्रमितले कोराना जितेर डिस्चार्ज भएका छन् भने, १ जनालाई कोरोना पुष्टि भएको छ । शुक्रबार ८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १ जनालाई कोरोना पुष्टि भएको हो ।

हालसम्म १४३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८३ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । त्यसैगरि शुक्रबार ६ जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । हालसम्म ३८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ८ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार २७ जना होम आईशोलेसन र ५ जना नगरपालिकाको आईशोलेसनमा रहेर ३२ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीको पत्यक्ष निगरानीमा उपचार गराई रहेका छन् ।

भेरी नगरपालिकामा ३५१ जना डिस्चार्ज, २०१ जना सक्रिय संक्रमित
भेरी नगरपालिकामा हालसम्म ३५१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, शुक्रबार २०१ जना सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबाट १ हजार ३०० जनालाई गरिएको परीक्षणबाट ५५७ जनालाई कोरोना पुष्टि भएको भेरी नगरपालिकाले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । शुक्रबार पनि सेम विवरण रहेको नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । हालसम्म ३५१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, २०१ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि हालसम्म ५ जनालाई रिफर गरेको भेरी नगरपालिकामा २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

बारेकोटमा ३२ जनालाई कोरोना पुष्टि
बारेकोट गाउँपालिकामा शुक्रबार ३२ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट शुक्रबार ३२ जनालाई कोरोना पुष्टि भएको हो ।

बारेकोट–४ जिरिमा ७४ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ३२ जनालाई कोरोना पुष्टि भएको गाउँ आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले जनाएको छ ।

बारेकोट गाउँपालिकामा हालसम्म ४०५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १४२ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । कोरोना पुष्टि भएका १४२ जना मध्ये हालसम्म ४१ जनाले कोरोना जितेर डिस्चार्ज भएको अनमी रोकायले बताएकी छन् । शुक्रबार १०१ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै अनमी रोकायले १७ जनाले गाउँपालिकाको आइशोलेसनमा रहेर उपचार गराई रहेको बताईन् । बाँकी ८४ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीको निगरानीमा होम आइशोलेसनमा रहेर उपचार गराई रहेको उनले बताईन् ।

दैनिक सार्बजनिक गर्दै आएको छेगाड नगरपालिका, कशे र शिवालय गाउँपालिकाले शुक्रबार कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण प्रकाशन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्