News Portal

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन कैनद्रको बैठक सम्पन्न

८२१ पटक

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जोम बैठक सम्पन्न भएको हो ।

उक्त जोम बैठकले जिल्लामा तिब्र रुपमा बढ्दै गई रहेको कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञाको समयलाई ९ दिन थप गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले कोरोना संक्रमितहरुको परीक्षण दायरालाई बढाउनुको साथै संक्रमितहरुको उपचारलाई सहज तथा सुलभ बनाउनका लागि जिल्लामा संचालित सबै एम्बुलेन्सको भाडा दरमा एकरुपता कायम गर्ने निर्णय भएको प्रजिअ देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य सेवा कार्यालयमा जडान गरिने अक्सिजन प्लान्टका बिषयमा बैठकले अग्रसरता लिने निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका प्रजिअ देवकोटाले जानकारी दिए । बढ्दो क्रममा रहेको कोरोना संक्रमबाट नागरिकहरुलाई बचाउन सम्बन्धित सबै सरोकारवाला निकायले सचेतनामुलक कार्यक्रम संचालन गर्ने बैठकले निर्णलय गरेको छ ।

जिल्लामा फैलिदै गएको कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि यो भन्दा पहिला बसेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बैठकहरुले लिएका महत्वपूर्ण निर्णयहरुलाई कार्यान्वयन गर्ने तथा गराउने निर्णय गरेको बैठकले कोभिड–१९ को संक्रमणबाट यस जिल्लामा ज्यान गुमाएकाहरु प्रति गहिरो सम्बेदना व्यक्त गर्दै संक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

जिल्ला समन्वय प्रमुख मन बहादुर रावल, छेडागाड नगरपालिका उपप्रमुख सरिता वली, बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाह, जुनीचाँदे गाउँपालिका कावा अध्यक्ष शिवा आचार्यको बिशेष उपस्थिति रहेको बैठकमा चन्दननाथ गण मालिका व्यारेका प्रमुख सेनानी श्याम शरण गोतामे, प्रहरी नायव उपरिक्षक मधुकुमार थापा, सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटका प्रहरी नायव निरिक्षक नरेश भण्डारी, प्रमुख अनुसन्धान अधिकृत ओम बहादुर खड्का, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसी, निमित्त जिल्ला समन्वय अधिकारी मेघराज पन्त, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसी, स्वास्थ्यका लागि सक्षम प्रणालीका केशव राना, उद्योग बाणिज्य संघ, जाजरकोट अध्यक्ष कर्णबहादुर खत्री, नेपाल रेडक्रस सोसाईटी जाजरकोट सभापति हरि बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष बालकुमार शर्मा, नेपाल पत्रकार महासंघ, जाजरकोट उपाध्यक्ष सहदेब बस्नेत, नेपाल पत्रकार महासंघ, जाजरकोट सह सचिब पवन शर्मा, नेपाल पत्रकार महासंघ, जाजरकोट कोषाध्यक्ष युद्धजीत शर्मा, नेपाल पत्रकार महासंघ, जाजरकोट सदस्य कालीबहादुर नेपाली, नेपाल पत्रकार महासंघ, जाजरकोट सदस्य रेशम खड्का, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य सरोज वली, रासस सम्वाददाता हेमन्त केसी, डिजिटल संचार दीपबहादुर घर्ती, अन्नपूर्ण पोष्ट सम्वाददाता राजेन्द्र कार्की, लालआवाज साप्ताहिक लोकेन्द्रराज शर्मा र जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्