News Portal

पाँच हेक्टर जमिनमा वृक्षारोपन र ४३ हजार बिरुवा बितरण गर्ने आशा आयोजनाको लक्ष्य

५५१ पटक

पहाडी साना किसानका लागि आनुकुलन (ASHA) आयोजना, जाजरकोटले पाँच हेक्टर जमिनमा वृक्षारोपन गर्नुको साथै ४३ हजार बिरुवा बितरण गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक बर्षमा आयोजनाले पाँच हेक्टर जमिनमा वृक्षारोपन गर्नुको साथै ४३ हजार बिरुवा बितरण गर्ने लक्ष्य लिएको हो ।

४९ औं विश्व वातावरण दिवसमा वृक्षा रोपन कार्यक्रमको औपचारिक रुपमा सुरुवात गर्दै पहाडी साना किसानका लागि आनुकुलन आयोजना, जाजरकोट संयोजन देबेन्द्र गेलालले चालु आर्थिक बर्षमा आयोजनाले पाँच हेक्टर जमिनमा वृक्षारोपन गर्नुको साथै ४३ हजार बिरुवा बितरण गर्ने लक्ष्य लिएको बताए । साथै कार्यक्रम संयोजक गेलालले कार्यक्रमका सहभागीहरु प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

आयोजनाले ४९ औं विश्व वातावरण दिवसको दिन भेरी नगरपालिका–१२ बारेलामा बृक्षारोपण कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरेको छ । “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना ।” भन्ने मुल नारा सहित मनाईएको ४९ औं बिश्व बाताबरण दिबसमा आयोजनाले बृक्षारोपन कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको हो ।

४९ औ विश्व वातावरण दिवस तथा वृक्षारोपन कार्यक्रमको औपचारिक सुरुवातमा आफ्नो धारणा राख्दै बृहत जलाधार कार्यक्रम कर्णाली प्रदेश प्रमुख श्याम प्रसाद न्यौपानेले जलवायु परिवर्तनले पारेको असरका बारेमा चर्चा गरेका थिए । जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सन्तुलित वातावरण कायम गर्न सबै सम्बेदनशिल हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख न्यौपानेले भनाई राखेका थिए । सन्तुलित वातावरण कायम गर्न बृक्षारोपण गर्नुपर्ने, बिरुवाको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने उनको भनाई रहेको थियो ।

४९ औं विश्व वातावरण दिवस तथा बृक्षारोपनको लागि आयोजित औपचारिक कार्यक्रमको सन्चालन तथा सहभागीहरुलाई स्वागत आशा आयोजना जाजरकोटका अनुगमन तथा मुल्याङ्कण अधिकृत लोक प्रसाद गौतमले गरेका थिए भने, कार्यक्रमको संयोजन आयोजनाकी रेन्जर सुजाता खड्काले गरेकी थिईन ।

प्रतिकृया दिनुहोस्