News Portal

कोरोनाको सन्त्रासमा होलु जिउलाको धान रोपाईमा किसानहरु

७६३ पटक

कोरोना संक्रमणको सन्त्रासमा किसानहरु होलु जिउलाको धान रोपाईमा जुटेका छन् । जीवनलाई व्याधीको नजिक पुर्याएरै भए पनि होलु जिउलामा दैनिक धान रोप्नु किसानहरुका लागि बाध्यता जस्तै भएको छ ।

कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जेठ मसान्तसम्म जिल्लामा निषेधाज्ञा आदेश जारी गरेका छन् । तर, किसानहरु कोरोना संक्रमणको साबधानी अपनाएर धान रोप्न दैनिक खेतबारीमा जुटेका छन् ।

होलु जिउला जिल्ला कै सबै भन्दा बढि धान उत्पादन हुने क्षेत्र हो । जेठ महिनाको अन्तिम साता भित्रै होलु जिउलाको धान रोपाई पुरा नगर्ने हो भने अपेक्षा गरे अनुसारको धान उत्पादन नहुने किसानहरुको बुझाई रहेको छ ।

कृषि कर्म किसानहरुको दैनिक कार्य भएको बताउदै कालेगाउँका भद्र बहादुर बटालाले समय मै रोपाई गर्न नसक्ने हो भने, रोगले भन्दा पनि भोकले मनुपर्ने दिन आउने बताए । रोगले भन्दा पनि भोगले मनुपर्ने दिन आउन नदिन ज्यानलाई बाजी लगाएर यतिवेला धान रोपाईमा जुटि रहेको बटालाले बताए ।

कोरोना कहरले गराएको एकान्त बासलाई होलु जिउलाको धान रोपाईले तोड्न लगाएको उषा सिंहले बताईन् । कोठा भित्रको एकान्त बासबाट कोरोनासंग संघर्ष गरीरहेका थियौं सिंहले भनिन्–‘होलु जिउलाको धान रोपाई सुरु भइपछि आजभोलि दैनिक धान रोप्न खेतमा जाने गर्दछौं ।’

यतिवेला होलु जिउलामा मात्र नभएर कालेगाउँ, पिपे, मटेला, काँशतरा, बेलगाड, फेरा, मनघाट, मानटुरा, बाटुल्य, दल्ली, मन्मै, मैदे, चौखा लगाएतका ठाउँहरुका किसानहरु धान रोपाईमा जुटि रहेको कृषि बिकास कार्यालय, जाजरकोटले जनाएको छ ।

३० हेक्टर भन्दा बढि जमिन भएको कालेगाउ, होलु जिउला र पिपेमा मात्रै प्रतिबर्ष १२० मेट्रीटन भन्दा बढि धान उत्पादन हुने कृषि बिकास कार्यालय, जाजरकोटका सुचना अधिकारी टोप बहादुर नेपालीले जानकारी दिए । जिल्लाभरी ३ हजार ८७ हेक्टर जमिनमा किसानहरुले धान खेती गर्ने जानकारी दिदै सुचना अधिकारी नेपालीले जिल्ला प्रतिबर्ष १० हजार ४५० मेट्रीटन धान उत्पादन हुने बताए ।

प्रतिकृया दिनुहोस्