News Portal

सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको मृत्यु

२००९ पटक

प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको आईतबार मृत्यु भएको छ । तीन दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका संक्रमितको आईतबार बेलुका ४ बजेतिर मृत्यु भएको हो ।

उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु हुनेमा भेरी नगरपालिका–११ का ४६ बर्षिय पुरुष रहेको भेरी नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव यज्ञनाथ गौतमले जानकारी दिए । मृत्यु हुने ४६ बर्षिय पुरुष भेनपा–३ खलंगामा बस्दै आएका थिए । नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले बुधबार निबासमै पुगेर गरिएको एन्टीजेन परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको थियो । बुधबार कोरोना पुष्टि भएका ४६ बर्षिय पुरुष उपचारका लागि बिहिबार जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनको उपचार सम्भव नभएपछि जिल्ला अस्पतालले शुक्रबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरेको थियो ।

आईतबार भएको उनको मृत्युपछि जिल्लामै कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ५ पुगेको छ भने, जिल्लामै मृत्यु हुनेको संख्या ३ जना रहेको छ । जाजरकोट निबासी भएपनि जिल्ला भन्दा बाहिर कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या सहित मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्